May 13 - 2024, Monday३१ बैशाख २०८१, सोमबार

जाजरकोटमा चिसोले थप तीन बृद्धबृद्धाको मृत्यु

राजेन्द्र कार्की । जाजरकोट

चिसोका कारण जाजरकोटमा तीन जना बृद्धबृद्धाको ज्यान गएको छ । भुकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका जुनीचाँदे गाँउपालिका ४ लुहादहकी ८९ बर्षिया सुगिली नेपाली, बारेकोट गाँउपालिका १ रामीडाँडाका ७० बर्षिय डुमे पुन र छेडागाड नगरपालिका १३ थानवाडाकी ५६ बर्षिया मनसरी कामीको चिसोका कारण मृत्यु भएको हो । डुमे दमका दिर्घ रोगी, त्रिपालको बसाई, अत्याधिक चिसोले गर्दा उनको ज्यान गएको बारेकोट गाँउपालिका अध्यक्ष वीरबहादुर गिरीले बताए । मनसरी दमकी दिर्घरोगी भएको र त्रिपालको चिसोले दम बढेपछि उनको ज्यान गएको स्थानिय जनकबहादुर खत्रीले बताए ।

त्रिपालमुनीको बसाईले बालबालिका, सुत्केरी, दिर्घरोगी र बृद्धबृद्धा बढी प्रभावित भएका छन् । बालबालिका र बृद्धबृद्धामा स्वासप्रस्वास सम्बन्धी समस्या देखिन थालेको छ । यस अघि गत साता नलगाड भेरी र बारेकोटमा गरी चिसोका कारण चार जना दिर्घरोगीको ज्यान गएको थियो । एक साता भित्रै चिसोले सात जना बृद्धबृद्धाको ज्यान गैसकेको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad