जुनीचाँदे गाँउपालिकामा आइतवार पनि पढाई हुने !

राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटको जुनीचाँदे गाँउपालिकामा आइतवार पनि पठनपाठन हुने भएको छ । शनिवार सवै शैक्षिक संस्थामा विदा दिदै आएको संघिय सरकारले केही समय अघि आइतवार र शनिवार दुई दिन विदा दिने निर्णय गरेको थियो । संघिय सरकारको निर्णय अवज्ञ गदै जुनीचाँदे गाँउपालिकाले अव देखि शनिवार मात्र विद्यालय बन्द गर्ने र अन्य दिन पठनपाठन गर्ने निर्णय गरेको हो । गत २० बैशाखमा बसेको कार्यपालिकाको बैठकले आइतवार पठनपाठन गर्ने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत रेशम महताराले जानकारी दिए ।

संविधानले १२ कक्षा सम्मको विद्यालय सम्बन्धी सवै अधिकार स्थानिय तहलाई दिएकोले गाँउपालिकाले पठनपाठन थप ब्यवस्थित गर्न यस्तो निर्णय गरिएको उनले बताए । संघिय सरकारले इन्धनको खपत घटाउन र विद्यार्थीको पढाईको बोझ घटाउन भन्दै हप्तामा शनिवार र आइतवार विदा दिने निर्णय गरेको थियो । जुनीचाँदेमा विद्यार्थीहरु पैदलै विद्यालय आउने र इन्धनको आवश्यक नपर्ने भएकोले आइतवार विद्यालय खोल्ने निर्णय गरिएको गाँउपालिका अध्यक्ष वेदबहादुर शाहीले बताए । आइतवार विदा गर्दा विद्यार्थीहरुको पठनपाठन अब्यवस्थित हुने , कोर्स नसकिने र विद्यार्थी झन बरालिने समस्या देखिएपछि हप्तामा एक दिन मात्र विदा दिने निर्णय गरिएको अध्यक्ष शाहीले बताए ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya