अफिम खेती नष्ट अभियानमा जाजरकोट प्रहरी

सहदेव बस्नेत । जाजरकोट

जाजरकोट प्रहरीले जिल्लाका दुर्गम भेगमा लगाइएका अवैध रुपमा खेति गरिएको अफीम खेती नष्ट गर्ने अभियान थालेको छ । जिल्लाकोे नलगाड , भेरी , जुनिचाँदे र बारेकोट पालिकाका विभिन्न दुर्गम वडाका लेकाली वस्तिहरुमा अवैध रुपमा र आफै प्राकृतिक रुपमा उम्रीएर रहेको अफिम खेती पाइने गरेको छ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डिएसपी सन्तोष रोकाले वैशाख ७ गते वाट सूरु गरिएको अभियानमा ११ गते सम्ममा करिव १२ हेक्टर जमिनमा रहेको अवैध अफीम खेति नष्ट गरिएको जानकारी दिए । जिल्ला प्रहरी कार्यालय जाजरकोट वाट प्रहरी निरीक्षक सुनिल थापा नेपालीको कमाण्डमा खटिएको टोलीले इलाका प्रहरी कार्यालय दल्ली को प्रहरी टोली सँग समन्वय गरि नलगाड, बारेकोट र भेरीमा नष्ट गरेको छ । अफीम यस्तो प्राकृतिक रुपमा उत्पादन हुने झार हो, जसवाट हिरोइन, ब्राउन सुगरजस्ता लागु औषध मा कच्चा पदार्थको रुपमा प्रयोग हुने प्रहरीले जनाएको छ ।

bhumi-sanrakshyan

त्यसै गरि इलाका प्रहरी कार्यालय रग्दा, पंचाला दह, प्रहरी चौकी पाँचकाटीया, जुनिचाँदे, सक्ला, अस्थायी प्रहरी पोष्ट मैदे लगायतका स्थानवाट ७० जना जति प्रहरी परिचालन गरेर नष्ट गरिएको डिएसपी रोकाले बताए । जाजरकोट प्रहरीले बैशाख महिना भरी जिल्लाका अन्य सम्भावित स्थानहरूमा समेत अफिम खेति नष्ट गर्ने अभियान जारी रहेको जनाइएको छ ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya