June 10 - 2023, Saturday२७ जेष्ठ २०८०, शनिबार

अफिम खेती नष्ट अभियानमा जाजरकोट प्रहरी

सहदेव बस्नेत । जाजरकोट

Swasthya sewa karyalaya, jajarkot

जाजरकोट प्रहरीले जिल्लाका दुर्गम भेगमा लगाइएका अवैध रुपमा खेति गरिएको अफीम खेती नष्ट गर्ने अभियान थालेको छ । जिल्लाकोे नलगाड , भेरी , जुनिचाँदे र बारेकोट पालिकाका विभिन्न दुर्गम वडाका लेकाली वस्तिहरुमा अवैध रुपमा र आफै प्राकृतिक रुपमा उम्रीएर रहेको अफिम खेती पाइने गरेको छ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डिएसपी सन्तोष रोकाले वैशाख ७ गते वाट सूरु गरिएको अभियानमा ११ गते सम्ममा करिव १२ हेक्टर जमिनमा रहेको अवैध अफीम खेति नष्ट गरिएको जानकारी दिए । जिल्ला प्रहरी कार्यालय जाजरकोट वाट प्रहरी निरीक्षक सुनिल थापा नेपालीको कमाण्डमा खटिएको टोलीले इलाका प्रहरी कार्यालय दल्ली को प्रहरी टोली सँग समन्वय गरि नलगाड, बारेकोट र भेरीमा नष्ट गरेको छ । अफीम यस्तो प्राकृतिक रुपमा उत्पादन हुने झार हो, जसवाट हिरोइन, ब्राउन सुगरजस्ता लागु औषध मा कच्चा पदार्थको रुपमा प्रयोग हुने प्रहरीले जनाएको छ ।

त्यसै गरि इलाका प्रहरी कार्यालय रग्दा, पंचाला दह, प्रहरी चौकी पाँचकाटीया, जुनिचाँदे, सक्ला, अस्थायी प्रहरी पोष्ट मैदे लगायतका स्थानवाट ७० जना जति प्रहरी परिचालन गरेर नष्ट गरिएको डिएसपी रोकाले बताए । जाजरकोट प्रहरीले बैशाख महिना भरी जिल्लाका अन्य सम्भावित स्थानहरूमा समेत अफिम खेति नष्ट गर्ने अभियान जारी रहेको जनाइएको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad