राजेश शर्मा
उहिँ कलास, यहिँ उमेर, उहिँ सहजिकरण उहिँ वातावरण तर पनि नतिजा फरक – फरक आखिर किन ? एउटा शिक्षकले आफ्नो बलबुताले भ्याए सम्म निरन्तर प्रयास गरेर आफ्ना भविष्यका कर्णहरुलाई सुन्दर सपनाहरु पुरा गराउने दृढ संकल्पका साथ लागि रहन्छ, आफ्नो जिवनको अमूल्य उर्जावान समय यिनै नानि, बाबुको जिवन निर्माणमा सुम्पिन्छ, तर पनि सबैबाट सोचे जस्तै आसा प्राप्त गर्न सक्तैन कैयौ बालबालिकाहरुलाई गरेको लगानी वालुवामा पानि खन्याए जस्तै भैरहेको पनि हुन्छ । आफुले गरेको केही थोरै अंशका विद्यार्थीले मात्रै सोचे अनुरुपको सफलता हाँसिल गरेका हुन्छन् । आजको विज्ञान र प्रविधिले ल्याएको चमत्कारपूर्ण यो दुनियामा यी परिवर्तनशिल बालबालिकालाई सक्षम र सफल बनाउन हामी जुनसुकै तवरले लागेता पनि निम्न ३० तत्वहरुलाई सुधार्न सकेनौ भने कदापी हाम्रा बालबालिकाले सफलता प्राप्त गर्न सक्ने छैन्न । जसरी गुडिरहेको मोटरसाइकलमा ब्रेक लगाउँदा ठाउको – ठाउँ रोकिन्छ त्यसै गरी हाम्रो जिवनमा पनि अवरोध पु¥याउने ब्रेकरहरु छन् । त्यसकारण वाधारुपी यी ब्रेकरहरुलाई चिनेर सबै मिली हटाऔं हाम्रा विद्यार्थी अवस्य सफल ब्यक्तित्व बन्नेछन् र हामीले देखेका सपना साकार हुने छन् ।
(१) विद्यालयको वातावरण
बालक काँचो माटो हो जुन आकारमा बनायो त्यस्तै बन्छ उसले हजारौं सम्भावना बोकेको हुन्छ, मात्र उसलाई उपयुक्त वातावरणमा तिखार्नु पर्छ । विद्यालयमा भएको शैक्षिक, भौतिक, प्रशासनिक एवं नैतिक वातावरण उपयुक्त छ भने बालक पक्कै पनि सफल बन्नेछ अन्यथा उसले सफलताको सपना देखाउनु दिवा स्वप्न जस्तै हुनेछ । तसर्थ बच्चाको लागि सफलता प्राप्त गर्ने एक प्रमुख तत्वको रुपमा विद्यालयको वातावरण रहेको छ ।
(२) अभिभावकको व्यवस्ता ः
अझै पनि कतिपय अभिभावकहरुमा आफ्ना बच्चा बच्चिको भविष्य बनाउने ठेक्का अर्कैले लिए जस्तै गरी वास्ता नगर्ने चलन रहेको छ । खाली विद्यालय पठाएरै मात्र आफ्नो सबै जिम्मेवारी पुरा गरी सके जस्तो महसुस गर्ने, कतिपय अभिभावक हुनु हुन्छ । बच्चाको चाहाना के छ ? उसका आवश्यकताहरु के – कस्ता छन् ? विद्यालयमा जाँन्छ वा बाटैबाट फर्किन्छ ? पढाएको कुरा बुझ्छ या बुझ्दैन, जस्ता कुराहरुमा चिन्ता र चासो नहुने यसको साथै बालकका आवश्यकताहरुमा कुनै मत्लब नगर्ने चलनले पनि विद्यार्थी असफल हुने गरेका छन् ।
(३) अनुशासनको कमी ः
चाहिने भन्दा बढि स्वतन्त्रता र अनुशासन हिनताको वातावरणमा हुर्केका बालबालिका भोलिका समस्या हुन् । किशोरावस्था बाटै तिनिहरुको आनिवानि र स्वभावमा चर्कोपना देखिन थाल्दछ त्यस्ता बालबालिकाहरु आपूm लगाएत मातापिता, मान्यजन्, गुरु, समाज, राष्ट्र कसैको इज्जत गर्दैन्न् । त्यस्तै दायित्वको पर्वाह गर्दैन्न् र कुनै पनि जिम्मेवारी स्विकार्न चाहादैन्न् । अधिकाँश मान्छेहरु जीवनमा किन आफ्नो लक्ष्य सम्म पुग्दैनन् ? उनिहरु सँधै पराजय र संकटबाट हतास भै रहन्छन् ? केही मान्छे भने एक पछि अर्को गर्दै सफलताका सिढिहरु निरन्तर उक्लि रहन्छन् । खास कारण त त्यही हो जो अनुशासन पूर्वक निरन्तर लागि रहन्छ उसले अवस्य सफलता प्राप्त गर्छ जो अनुशासनहिन हुन्छ उसको लागि सफलता प्राप्त गर्नु त चरिको दुध पाउनु जस्तै हुन्छ । एउटा पाइलटले अनुशासन नमान्दा के हुन्छ ? हामि सबैले थाहा छ जहाज दुर्घटना हुन्छ । त्यसरी नै जिवनरुपी यात्रामा सफलता प्राप्त गर्न अनुशासन एक महत्वपूर्ण कुरा हो हामी अनुशासित हुन आत्मनियन्त्रण र त्यागको आवश्यकता छ । हामीले जहिले पनि हाम्रो विचार र काम लाई लक्ष्य केन्द्रित बनाउनु पर्छ ।
(४) शिक्षकहरुको बेवास्ता एवं ज्ञानको कमी ः
जिवनमा थुप्रै संघर्ष गरेर पढेका शिक्षकहरु जो विभिन्न आयोगहरु पास गरी विद्यालय प्रवेश गर्ने गर्दछन् जव विद्यालय प्रवेश गर्दछन् तव केही शिक्षहरुमा अहमता, घमण्ड तथा अल्छिपनाका कारण विद्यार्थीहरुलाई राम्रो सँग सिकाउदैन र जसले गर्दा पनि विद्यार्थीले सफलता प्राप्त गर्न सक्तैन भने अर्को तिर विद्यालयहरुलाई राम्रा मान्छे नभई हाम्रा मान्छेको भर्ति केन्द्र बनाउँदा पनि समस्या आएको छ त्यस्ता भर्तिवालाहरुमा ज्ञानको अभाव र राजनितिको बढी रवाफ हुन्छ अनि कसरी प्राप्त गरोस एउटा विद्यार्थीले सफलता ?
(५) कुलतवाला साथि सँगत ः
जाँड, रक्सी, जुवा, तास, गाँजा, चरेस, भाङ, आदिले आज दुनिया नराम्ररी विग्रि सकेको अवस्था छ, बच्चाको दुधे पाँत झर्न नपाउदै यो विषाक्त चिजहरु सेवन गरिरहेका छन् । यी चिजहरु देखी टाढा बनाउनु भयङकर कडा काम बनेको छ । यीनै कूलतमा फसेका साथिको सँगतले पनि आज कुनै पनि बालबालिकाले सफलता प्राप्त भर्न सकिरहेका छैनन् । बा – आमा, गुरु, तथा आफैले देखेका अमूल्य सपनाहरु यीनै नसालु पदार्थले र साथिभाइको सँगतले चकनाचुर बनाइ दिएका छन् ।
(६) आधुनिक प्रविधिको दुरुपयोग ः
बैज्ञानिक आविष्कार र विभिन्न प्रविधिले आज हामी यो अवस्थामा पुगेका छौ । हाम्रो जिवन निकै नै सरल र सहज बनेको छ तर त्यहि भित्र रहेको प्रविधिको दुरुपयोगले गर्दा कतिपय बालबालिकाहरु ठुलो सिकार हुन पुगेका छन् । ल्भत, क्ष्लतभचलभत को दुरुपयोग कै कारण विभिन्न रोगहरु उत्पन्न हुने, आत्मा हत्या गर्ने तथा जिवनमा कुनै पनि प्रगति गर्न नसक्ने अवस्था पनि सिर्जना भएको छ । आज हाम्रा बालबालिकाहरु असफल हुनुमा आधुनिक प्रविधिको दुरुपयोग पनि एक समस्याको रुपमा रहेको छ ।
(७) उदेश्यको कमी (Lack of Purpose ) ः
हामीले दुनियाका सफलता ब्यक्तित्वका जीवनिहरु अध्ययन ग¥यौ भने उनिहरु सँग कुनै न कुनै उदेश्य भएको र दृढताका साथ निरन्तर रुपमा लोगेर मात्रै सफलता प्राप्त गरेको भेटाउँछौ । यसै सन्दर्भमा ध्बकजष्लनतयल क्ष्चखष्लन को भनाई रहेको छ । महान मष्तिष्क सँग उदेश्य हुन्छ अरु मान्छेहरु सँग केवल इचछा हुन्छन् । जव हामी सँग निश्चित उदेश्य हुन्छ तव त्यो उदेश्य पुरा गर्नलाई जुन सुकै समस्या सँग जुधेर पनि लागी पर्छौ तर उदेश्य नै छैन भने हामीलाई वास्ता नै हुदैन । उदेश्य र दिशा हिन मान्छेले कुनै पनि मौका अवसर देख्दैनन् । उदेश्य निर्धारणले बाटो र गन्तब्य निश्चित हुन्छ । निश्चितताले बालक आफै पनि स्पस्ट हुन पाउँछ । उदेश्यहिनता र दिशा बोधको अभाव छ भने बालक रुमल्लीएरै दिन विताउँछ अनि कसरी प्राप्त गरोस सफलता ?
(८) पारिवारिक वातावरण ः
जुन घरमा शान्त मनोरम वातावरण छ सबै सदस्यहरु विच घनिष्ट आत्मियता छ त्यो घरका बालबालिकालाई अवस्य पनि सफलता प्राप्त गर्न सजिलो छ तर जुन घरमा पारिवारिक बेमेल छ हरेक साना – तिना कुराहरुमा खटपट भैरहन्छ पक्कै पनि त्यो घरको बालबालिकाको जिवनमा पनि अनेकौ खटपट आई नै रहनेछन् । उसको जिवनमा सफलता प्राप्त गर्नु भनेको कल्पनामा मात्रै सिमित हुनेछ ।
(९) हौसलाको कमी ः
भनिन्छ – हौसला प्रगतिको लागि नभइ नहुने कुरा हो । जव कुनै पनि काम गर्दै जाँदा मान्छेलाई हौसला प्राप्त हुन्छ भने उ सबै कुरा विर्सिएर थप प्रगति गर्न चाहान्छ तर विद्यालय, घर, साथीभाई तथा कुनै बाट पनि उसले हौसला प्राप्त गरेन भने आफैमा हिनताबोध हुन्छ र जाँगर हराउँदै जान्छ र सफलता देखी टाढा भाग्दै पनि जाँन्छ , तसर्थ, सफलता प्राप्त गर्नको लागि निरन्तर हौसलाको आवश्यकता छ ।
(१०) बेरोजगारी ः
हामीले देख्ने गरेका छौ सानोमा अत्यन्तै प्रतिभाशाली विद्यार्थी पनि पछि गएर एकदमै कमजोर अवस्थामा पुगेका र सबैमा रोजगारीको लागि विदेशतिर पलाएन भएका कतिपय पढेलेखेका मान्छेहरु पनि रोजगारीको अभावमा निरास हुदै विदेश नै ताक्छन् र उनिहरु भन्ने गर्छन ः आखिर पढेर के काम हो । यस्तो दयनिय अवस्थाले पनि बच्चामा नैराश्यता उत्पन्न हुन्छ र उसले आफ्नो कर्ममा ब्रेक लगाउँदछ ।
(११) गरीवि ः
अझै पनि हाम्रो समाजमा एक छाक मकै र एक छाक भोकै बस्नेहरु छन् एक सरो लुगा फेर्न दशै नै कुर्नु पर्ने अवस्था छ । अर्कैको ढिक्कि, जाँतो गरेर दिन गुजार्नेहरुको पनि कमि छैन यहाँ यस्तो अवस्थामा दैनिकी चलाउनै गाह्रो परिरहदा अन्य सफलताका सपना देख्नु त असम्भव कुरा बनिरहेको छ । त्यसकारण नेपाली समाज अझै भन्नु पर्दा कर्णाली प्रदेशको जाजरकोटमा विद्यार्थी असफल हुनुका एउटा कारण गरीवि पनि हो ।
(१२) ज्ञानको कमी ः
जव मानिसमा केही सिक्नु छ र केही बन्नु छ भन्ने ज्ञान हुदैन तव उ कहिल्यै पनि सफल हुदैन । ज्ञान तर्फको पहिलो कदम भनेकै आफ्नो अज्ञानताको क्षेत्रका बारेमा जागरुक हुनु हो । बालकले जति बढी ज्ञान पाउन थाल्दछ त्यत्तिकै उसले आफ्नो अज्ञानताको क्षेत्र पहिल्याउँछ । अज्ञानी वालक आपूm अज्ञानी छु भन्ने नै थाहा हुन्न । प्रायः गरी बालबालिका जान्दै नजानिकन पनि आफुले जानेको छु भन्ने ठान्छन जसले गर्दा पनि सफलता प्राप्त हुदैन तसर्थ म को हुँ ? मैले के सिक्न आवश्यक छ ? भन्ने ज्ञान हुनु भनेको पनि सफलताको एउटा खुड्किलो पार गर्नु जत्तिकै हो ।
(१३) प्रतिभाको प्रयोग गर्न नसक्नु ः
हरेक बालबालिकामा कूनै न कूनै प्रतिभा लुकेको हुन्छ । उपयुक्त वातावरणको अभावमा ति कतिपय प्रतिभाहरु त्यत्तिकै हराएर जाँन्छन् । विसौं सताब्दिका महान बैज्ञानिक अल्र्वट आइन्सटाइनको एउटा भनाई छ । मैले मेरो बौद्धिक क्षमताको कूल २५ प्रतिशत मात्र उपयोग गरेको छु । भने ति बैज्ञानिकको तुलनामा त हामीले हाम्रो क्षमताको १० प्रतिशत पनि क्षमताको उपयोग गर्न सकिरहेका रहेन्छौ । अधिकांश बालबालिकाहरु जिवनमा केही गर्ने आश बोकेरै बसिरहेका हुन्छन तर उपयुक्त अवसर नै पाउदैनन् यो एउटा दुःखद् पक्ष हो । अवसर नपाएका बच्चाहरु खिइएर हैन खिया लागेर बर्वाद भैरहेका हुन्छन् । खिया लाग्नु र खिइने मन बनाएर धैर्यपूर्वक बस्नुमा ठुलो अन्तर छ । जव सक्रिय कोशिष र दृढता अनवरत रुपमा गरिन्छ भने सफलता आफैं सँग हुन्छ ।
(१४) जोखिम मोल्ने हिम्मत नगर्नु ः
कतिपय अवस्थामा सफलताका लागि सुझबुझ पु¥याइकन जोखम मोल्नु पर्ने पनि हुन्छ । आज हाम्रा बच्चाहरु ति जोखिमहरु मोल्न पटक्कै चाहादैनन् । चाहे गणित, विज्ञान, सामाजिक, अंग्रेजी, नेपाली जुन विषय होस अथवा जिवनोपयोगि सिपका कूराहरु, नृत्य, गायन, वास्तुकला या जुन सुकै क्षेत्रमा होस जसले जाखिम मोल्दै अगाडी बढछ उसको लागि सफलता एउटा सामान्य कुरा हो तर जसले जोखिम मोल्दैन उसको लागि सफलता प्राप्त गर्नु निकै परको कुरा हो । मान्छेले काम गर्दा गल्ति हुनु स्वभाविक हो तर कोशिश नै नगर्नु चाँही असफल हुनु भन्दा पनि भयङ्कर गल्ति हो । जो जोखिम मोल्दैनन् तिनिहरु आफ्नो स्वतन्त्रतालाई बन्धक राखेका हुन्छन् मात्र त्यहि मान्छे स्वतन्त्र हुन्छ , जो जोखिम मोल्छ ।
(१५) निरन्तर प्रयत्नको कमी ः
समस्याहरुलाई झेल्न असम्भव हुँदा त्यसबाट भाग्न सबै भन्दा सजिलो देखिन्छ । बाबालिका सफल नहुनुमा निरन्तर प्रयत्नको कमि पनि एउटा महत्वपूर्ण कुरा हो । कुनै पनि विजेताहरुको यात्रामा ठेस त लाग्छ तर तिनिहरु कहिल्यै हतास नभई निरन्तर दौडिन्छन् । अन्तत ः सफलताको शिखर चुम्न सफल भएका हुन् । कुनै पनि बालबालिकाहरु ज्ञान र प्रतिभाको कमिले भन्दा पनि प्रयत्न गर्न छोडेकै कारण असफल बन्ने गर्दछन् । बालकलाई जुन बनाउनुछ त्यसै कुरामा दृढ विश्वासी बनाई निरन्तर प्रत्यत्न गराउनु पर्छ ।
(१६) साहसको कमी ः
कुनै पनि बच्चाले गरेको प्रार्थनाको प्रतिफल तव मात्र प्राप्त गर्न सक्छ जव साहसपूर्ण तवरले निरन्तर त्यो काम गरिरहन्छ । साहस र चरित्रको मेल सफलताका लागि अत्यन्त महत्वको विषय बन्दछ । सफल हुने बालबालिकाहरु चमत्कारै हुने र कुनै काम सजिलो सँग बनिहाल्ने आशामा बस्दैनन् । बाधा, अवरोध माथि विजय पाउन उनिहररु साहस र सामथ्र्यमा निर्भर बन्दछन् ।
(१७) कमजोर आत्म सम्मान ः
आफ्नो इज्जत र मूल्य बुझन नसक्नाले कमजोर आत्म सम्मानको स्थिति उत्पन्न हुन्छ । यो अवस्थाको बच्चाले न आफ्नो न त अरुको इज्जत गर्न सक्छ । कमजोर आत्म सम्मानवाला बालबालिकाहरु लगातार आफ्नो पहिचान अर्थात आपूmलाई नै खोजि रहन्छन् । आलस्य, निकम्मापनका साथै बहाना बनाउने बानि कमजोर आत्म सम्मानका परिणामहरु हुन् ।
(१८) भाग्यवादी दृष्टिकोण ः
प्राय ः– बालबालिकालाई कुनै सफलताको बारेमा प्रश्न गर्दा उनिहरुको सजिलो उत्तर हुन्छ । “भाग्यले साथ दिएमा सफल अन्यथा भन्न सकिदैन ।” यसले पनि उनिहरुमा असफलता तर्फ हिडाई रहेको हुन्छ । सफलता प्राप्त गर्नु भाग्यको खेल सम्झिने बच्चाले जिवनमा कहिल्यै प्रगति गर्न सक्तैन । यस्तै बच्चाहरु जे भाग्यमा छ त्यही हुन्छ भन्दै कर्म गर्न छोड्छन् र कर्मको भन्दा भाग्यमै विश्वास गरेर बसिरहेका हुन्छन् र कर्मशिलहरु सफलता प्राप्त गर्दा उनिहरु भन्ने गर्दछन् । “भाग्यमा लेखेर ल्याएकाहरु सफल भए सायद मेरो भाग्यमा यस्तै लेखेको थियो र त्यही भयो ।” अव भन्नोस बच्चा सफल हुन कर्म गर्ने कि, भाग्य सम्झिदै बस्ने ?
(१९) विगतका गल्तीहरुबाट नसिक्नु ः
असफलता विचलन मात्रै हो, यात्राको अन्त्य होइन, यो ढिलाइ हो हार होइन । हामिले हाम्रा गल्तिहरुलाई दिने नाम नै अनुभव हो । जसले यी अनुभवलाई सदुपयोग गर्दै निरन्तर सुधार तर्फ लाग्छ उ सफल हुन्छ । जसले त्यही गल्तीबाट नयाँ कुरा सिक्न सक्तैन उ जीवनमा कहिल्यै सफल हुन सक्तैन । केही बच्चा सिक्दै अघी बढछन् केही बच्चाको सिकाई शु्न्यमै सिमित हुन्छ भने बुद्धिमान बच्चाहरु त अरुका समेत गल्तीबाट सिक्दछन् ।
(२०) मौका चिन्न सक्ने क्षमता नहुनु ः
बालबालिकाहरुको जीवन निर्माणको प्रमुख आधारशिलाको उमेर भनेको नै विद्यालय जीवन हो । यो सिकाइका लागि ठुलो मौका हो यहि मौकालाई चिन्नेहरु भविष्यमा गएर सफल हुने हुन् । मौकाहरु बाधा, व्यवधानका रुपमा पनि आउन सक्छन् । विभिन्न मौकाहरुलाई चिन्न सकेमा अवस्य पनि बच्चाको भविष्य सुन्दर हुनेछ ।
(२१) डर ः
डरमा बाँच्नु भनेको भावनात्मक कारागारमा बाँच्नु हो । डरकै कारण असुरक्षाको भावना, आत्मा विश्वासको कमी र हच्किनु पर्ने जस्ता वानि जन्मिन्छन् । डरले गर्दा बालबालिकाको सम्भाव्यता र क्षमतालाई नष्ट गरिदिन्छ । डरले कुनै पनि बच्चालाई ब्याकुल बनाउँदै तर्क र आधारहिन सोचको श्रृङ्खला तर्फ धकेल्छ । तसर्थ बालमष्तिष्कमा सफलताको बाधक भनेको डर पनी एक हो ।
(२२) प्राथमिकता तय गर्न नसक्नु ः
कुनै पनि बच्चालाई धेरै कूरा सिकाइन्छ । जसरी तरकारी पकाउनका लागि तेल, नुन, मसला, तरकारी क्रमश ः मिलाएर राखियो भने स्वादिष्ट बन्छ त्यसरी नै सिक्नु पर्ने कुराहरु क्रमश ः प्राथमिकताका आधारमा सिकाइयो र उनिहरु ( बालबालिका ) ले पनि सिके भने असम्भव केही हुँदैन तर सबै विषयबस्तु एकै पटक सिक्न कोशिस गरे भने त्यहाँ सिकाइ नभइ भएको सिप पनि नष्ट हुने अवस्था आउन सक्छ । आफ्ना प्राथमिकतालाई ठिक सँग तय गर्न नसक्नु पनि भविष्य बर्बादि गर्नु हो ।
(२३) छोटो बाटो खोज्नु ः
आज बालबालिकालाई कुनै पनि क्रियाकलाप गराउन लाग्ने हो, भने उनिहरु छोटो उपाय खोज्छन् जस्तै, जाजरकोट दरबारको बारेमा लेख, भन्ने हो भन्ने त्यहाँ नगइ मोवाइल बाट खोजेर लेख्न थाल्छन् । यो त एउटा उदाहरण मात्रै हो यस्ता थुप्रै विषय क्षेत्रहरुमा छोटो बाटो खोज्ने बानिले पनि भोली गएर सफलता प्राप्त गर्नमा चुनौति खडा गर्न सक्छ । यस्तो तुरुन्ता तुरुन्ती पुर्ति गरेको समाधानले भविष्यमा बेखुसी र निराशा उत्पन्न गराउँदछ ।
(२४) इच्छा तुरुन्त पुरा गर्ने चाहाना ः
कतिपय बालबालिकाहरुमा आफ्नो इच्छा तुरुन्तै पुरा गर्ने चाहाना हुन्छ । यस्ता हतारका बालबालिकाले परिणामका बारेमा सोच्दैनन् । यसले केवल क्षणिक सफलता मात्रै दिने हो । कुनै पनि कुरा ढिला आउँछ भने त्यो कडा आउँछ र दिगो हुन्छ । छोटो समयलाई ध्यानमा राखेर बनाइने सोच कमजोर र सिमित हुन्छ । यस्तो कमजोर र सिमित सोचबाट बच्चाले कहिल्यै पनि सार्थक लक्ष्य ठम्याउन सक्तैन ।
(२५) दृढविश्वासको कमी ः
जुन बालबालिकामा दृढ विश्वास हुदैन तिनिहरुमा अडान हुदैन । तिनिहरु कुनै पनि विषय वा विचारमा अडिन सक्तैनन् । साहस अनि आत्मा विश्वासको कमिले गर्दा अरुको सहयोग विना पाइला चाल्न समेत डराउँछन् । यस्ता बच्चाहरु सफलता प्राप्त गर्ने कुरामा पनि विश्वस्त हुदैनन् । बच्चाहरु आफ्नै विचारमा नै डगमगाउँन थाल्छन् । त्यस कारण बालबालिकाहरुमा सफलता प्राप्त गर्न नदिने अर्को एउटा कुरा दृढ विश्वासको कमी पनि हो ।
(२६) योजना बनाउने र तयारिको अनिच्छा ः
हाम्रा अधिकांश बच्चाहरु आवश्यक कुराहरुको योजना बनाउनुको साटो छुट्टिका योजनाहरु बनाइ रहेका हुन्छन् । उनिहरुलाई योजनाबद्ध रुपमा अघि बढ्नु पर्छ भन्ने कुराको समेत ज्ञान हुदैन र योजना विनाको बालबालिकाको लगानी गन्तब्य विनाको यात्रा जस्तै हुन्छ ।
(२७) बहाना बनाउनु ः
बच्चाहरुमा सफलता प्राप्त गर्न नदिने अर्को तत्व हो बहाना, जसले बहाना बनायो उसले हार्दैछ भन्ने निश्चित हुन्छ । हार्ने बच्चा सँग बहानाको सिङ्गै किताव हुन्छ । आफ्ना असफलताका लागि उनिहरु यसैबाट नचाहिदो बहाना झिक्छन् । म सँग समय नै छैन्, मैले मौका नै पाएन, म गरीव छु, मलाई सञ्चो छैन, जस्ता बहाना थुप्रै विद्यार्थीले देखाउने गर्दछन् ।
(२८) स्वार्थ र लोभ ः
लोभ आत्माको क्यान्सर हो । यसले कुनै पनि विषयको सिकाईमा अवरोध गर्दछ भने स्वार्थ एउटा प्रबृत्ति हो जसले जिवनलाई असफल बनाई बर्बाद बनाउँदछ । तसर्थ हाम्रा बालबालिकामा स्वार्थ र लोभ छ भने पनि त्यो बच्चा कहिल्यै पनि सफल हुन सक्तैन ।
(२९) प्रकृतिको नियमलाई बुझन नसक्नु ः
कुनै पनि कुराको परिवर्तन प्रकृतिको नियम पनि हो । बालबालिकाहरुको उमेर त झनै परिवर्तशिल उमेर हो । यसै प्राकृतिक नियमलाई बुझन नसकेर कतिपय बालबालिकाहरु अत्ताल्लीएको हतासिएको पनि पाईन्छ। हामीले रोपेको कैयौं सपनाका सुन्दर विजहरुमा झारपात पनि उम्रनु प्राकृतिक नियम नै हो तर हामीले ति झारपातलाई गोडमेल गरेर त्यही सुन्दर सपनाको विरुवामा मलजल गर्नु हाम्रो कर्तब्य हो । हाम्रा बालबालिकाहरु यहि प्रकृतिको नियमलाई बुझन नसकेर नै बर्बाद भैरहेको अवस्था पनि छ ।
(३०) विषय बस्तुको क्षेत्र र वास्तविक जिवनको तालमेल नहुनु ः
विभिन्न क्षेत्र परिवेश र साँस्कृतिक रहनसहनबाट बालबालिकाहरु विद्यालयमा आउने गर्दछन् उनिहरुको वास्तविक जिवनमा सिकाइको क्षेत्र अर्कै र विद्यालयमा सिकाइने क्षेत्र फरक खालको हुने हुँदा पनि कतिपय कठिन अवस्था आउँछ जसले गर्दा बालबालिकालाई सिकाई प्रति नै राष्यता आउन सक्छ र सफलता प्राप्त गर्नु एक जटिल कार्य हुन जाँन्छ ।
तसर्थ ः– सफलता प्राप्त गर्नु एक सुन्दर बगैचा निर्माण गर्नु हो हेर्दा जति आकर्षक देखिन्छ, त्यो भन्दा कैयौं गुणा सिप, लगानी, त्याग र प्रयासबाट मात्रै सुन्दर बगैंचा निर्माण भए झै हामीले सफलता प्राप्तिको लागि अनेकौ प्रयास जारी राख्नु जरुर छ । धन्यवाद……………..
(लेखक त्रिभुवन मावि खलंगा जाजरकोटका शिक्षक हुुनुहुन्छ ।)