September 25 - 2023, Monday७ आश्विन २०८०, आईतवार

विद्यार्थीलाई चिठ्ठी

प्यारा विद्यार्थीहरु
धेरै मिठो सम्झना ।

तपाईहरु यो शैक्षिक सत्रको अन्त्यतिर हुनुहुन्छ, अब चैत्र महिना भित्र सबै कक्षाका परीक्षाहरु सकेर नतिजा पनि प्रकाशित हुने छ भने कक्षा – १० को SEE परीक्षा चैत्र १७ गते देखि हुँदैछ । परीक्षाको कुरा गर्दा तपाईहरु अलि अलि डाराए जस्तो लाग्यो । हो परीक्षा भन्ने वित्तिकै धेरै मान्छेहरु डराउँछन्, यो स्वभाविक पनि हो । तर धेरै डराउनु चाँही हुँदैन । हामीले जीवनका हरेक मोडमा परीक्षाको सामना गर्नै पर्छ । परीक्षाले विद्यार्थीको पढाइको सफलता वा असफलता मापन गर्दछ । त्यसैले जीवनमा अघि बढ्न परीक्षासँगै हिड्न सिक्नु पर्दछ ।

 

प्यारा भाइबहिनीहरु ! हामीले प्रत्येक बर्ष जसो दिइरहने परीक्षाका निम्ति कसरी तयार हुने र सफलता हात पार्ने भन्ने विषयमा तपाईहरु जानकार हुनै पछर्, किन भने यो कुरा प्रभावकारी पढाइको एउटा महत्वपूर्ण अंग नै हो । कक्षामा आफुले पढेका र सिकेका आधारमा परीक्षामा सोधिएका प्रश्नहरुको उत्तर दिनु पर्छ । उत्तर दिदा ब्याख्या गर्ने, तुलना गर्ने, समालोचना गर्ने , पुष्टि गर्ने जस्ता कार्य गर्नु पर्छ । त्यसैले परीक्षामा राम्रो उत्तर लेख्न आफुले पढ्ने सबै विषयमा रुचि लिएर पढ्नु पर्दछ । पढाइमा रुचि भएन भने परीक्षामा सफलता पाउन गाह्रो हुन्छ । परीक्षाको समयमा विद्यार्थीलाई चिन्ताग्रस्त बनाउँछ र यस्तो चिन्ताले झन् परिणाम उल्टो आउँछ । परीक्षा आउँदा कस्सेर पढ्ने अघिपछि वास्तै नगर्ने वानी राम्रो होइन । “जव पर्यो राती अनि बुढी ताती” जस्तो गर्नु हुँदैन । तपाईहरुले परिश्रमका साथ आफ्नो अध्ययनलाई नियमित गर्नु पर्छ जस्ले गर्दा तपाईहरुको आत्मविश्वास बढ्छ र चिन्ता हटेर जान्छ । त्यही आत्मविश्वास जगाएर परीक्षामा राम्रो गर्न म तपाईहरुलाई केही जानकारीहरु दिन गैरहको छु, ध्यान दिएर पढ्नु होला ।
परीक्षामा राम्रो गर्न पढाइ सुरु भएको दिन देखि नै आफूलाई तयार गर्दै जानुपर्छ । कक्षामा गुरुले पढाएको पाठ घरमा गएर एक पटक पढ्ने, अभ्यासहरु गर्ने र बढी भन्दा बढी लेख्ने गर्नुपर्छ । परीक्षाको मुखमा नोट बनाएर रातारात पढ्नु भन्दा सुरुवातबाटै हरेक पाठ राम्रो सँग पढ्ने, नोट बनाउने र नबुझेको कुरा कक्षामा शिक्षकलाई सोध्नु पर्छ । परीक्षामा के – कस्ता प्रश्न सोधिन्छन् र तिनीहरुको उत्तर दिने तरिका शिक्षकबाट सिक्नु पर्दछ । यसका निम्ति विगत बर्षका प्रश्नहरु हेर्ने, सङ्कलन गर्ने र उत्तर लेख्ने अभ्यास गर्नु पर्दछ । अभ्यासले नै तपाईहरुलाई पूर्ण बनाउँछ ।

 

विद्यार्थीहरु जहिले पनि परीक्षा प्रणालीसँग परिचित हुनु पर्छ । तपाईहरुलाई थाहा भएकै कुरा हो । हाम्रो देशमा परीक्षामा लेखिएका उत्तरहरुको आधारमा मात्र मूल्यांकन गरिन्छ । यस्तो प्रणालीमा कहिले काँही नपढ्ने विद्यार्थी पनि उत्तीर्ण हुने सम्भावना रहन्छ भने कक्षामा राम्रो गर्ने विद्यार्थी पनि परीक्षामा अनुत्तीर्ण हुन सक्छन् । वास्तवमा विद्यार्थीको मूल्यांकन परीक्षाको लेखनबाट मात्र नभएर अनुशासन, नियमितता, कक्षा कार्य, गृहकार्य, समयको पालना जस्ता पक्षहरुको अवलोकन गरेर पनि दिने परिपाटी हुनु पर्छ । यस तर्फ हाम्रो नयाँ पाठ्यक्रमले केही प्रयास गरेको पनि छ तर यसको कार्यान्वयनमा समस्या देखिन्छ । त्यसैले परीक्षा प्रणालीसँग परिचित हुनु भनेको हरेक प्रश्नले अपेक्षा गरेको उत्तर लेख्ने तरिका सिक्नु हो । यसका निम्ति विद्यार्थीहरुले लेखनकलामा सुधार र प्रभावकारिता ल्याउनु पर्छ । साथै विषयबस्तु प्रतिको गहिरो ज्ञान, तार्किक भाषा शैली र राम्रो स्पष्ट अक्षर लेख्नु पर्दछ । यसका साथै विद्यार्थीहरुलाई परीक्षा संचालनका नियमहरु पनि थाहा हुनु पर्छ जस्तै – परीक्षा सुरु हुने समय, स्थान, विषय, उत्तर लेखी सक्नु पर्ने समय, प्रवेश पत्र, परीक्षामा पालना गर्नु भन्ने नियमहरु आदि ।

विद्यार्थी भाइबहिनीहरु ! परीक्षा नजिक आउदै गर्दा तपाईहरुले आफूले पढेका सबै कुराहरु एक पटक दोहो¥याउने काम गर्नु पर्छ, यसले स्मरणलाई ताजा बनाउँछ र आत्मविश्वास बढाउँछ । पढ्दा जहिले पनि बुझेर पढ्नु पर्छ । परीक्षाको समयमा कुनै चिन्ता लिनु हुदैन । मनबाट डर हटाउन विषयबस्तु प्रतिको ज्ञान बढाउनु पर्छ । विद्यार्थीहरुमा लगनशीलता, परिश्रमी र सकारात्मक सोच हुनु आवश्यक छ । अव म परीक्षा दिने तरिकाको बारेमा तपाईहरुलाई केही कुराहरु भन्न गैरहेको छु । जुन अनुभवहरु तपाईहरुलाई काम लाग्न सक्छन् ः

 परीक्षाको अघिल्लो रात विद्यार्थीहरु राम्रो सँग सुत्नु पर्दछ । अनिदो बसेर रात – रात भर पढ्नु राम्रो होइन । यसले झन् परीक्षा विग्रन सक्छ । सरर्र एक पटक सबै कुरा हेरेर समयमै सुत्नु पर्छ ।
 परीक्षा कोठामा गैसकेपछि आत्तिनु हुदैन । प्रश्न पत्र राम्रो बुझेर पढ्ने र प्रश्न पत्रमा दिइएको निर्देशन अनुसार मात्र उत्तर लेख्न थाल्नु पर्छ ।
 प्रत्येक प्रश्नहरु के – कति नम्बरका छन् र कति समय लगाई उत्तर दिनु पर्छ भन्ने कुरालाई ध्यान दिनु पर्छ । कतिपय विद्यार्थीहरु जानेको उत्तर लामो लेख्ने गर्छन । त्यसो गर्न हुदैन । समयको निकै ख्याल राख्नु पर्छ ।
 उत्तर लेख्न थाल्दा सबै भन्दा पहिले आपूmले जानेको प्रश्नबाट सुरु गर्नु पर्छ । उत्तर लेख्दा अनावश्यक बुँदा र वाक्यहरु लेख्नु हुँदैन ।

 सकभर कुनै प्रश्न पनि छोड्नु हुँदैन । सबै प्रश्नको उत्तर लेखेमा केही न केही नम्बर अवश्य आउँछ ।
 उत्तर लेख्दा सफा र शुद्ध सँग लेख्नु पर्छ । एकपटक लेखेको केरमेट गर्ने गर्नु हुदैन । तपाईको राम्रो अक्षर र प्रष्ट लेखनले परीक्षकको मन पनि पग्लन्छ ।
 सबै प्रश्नको उत्तर लेखिसके पछि अन्त्यमा आपूmले लेखेको सबै प्रश्नको उत्तर पढ्नु पर्छ । यसरी पढ्दा केही छुटेको थप्न र बढी भएको हटाउन सजिलो हुन्छ साथै गलत भएको सच्याउन पनि पाइन्छ ।
 उत्तर पुस्तिकामा आफ्नो रोल्नंं, कक्षा, सेक्सन लेख्न छुटेको भए त्यो पनि लेख्नु पर्छ । SEEका विद्यार्थीहरुले झन यस कुरामा विशेष ध्यान दिनु पर्छ । थप कापी भए स्टेचिङ गर्न पनि भुल्नु हुदैन । केन्द्राध्यक्ष, निरीक्षकको सही समेत कापीमा हुनु पर्छ ।

अन्त्यमा हरेक विद्यार्थीका निम्ति परीक्षा एउटा चुनौति हो । यसलाई वेवास्ता गर्नु हुदैन । कक्षामा लगनशील भएर पढेमा परीक्षामा राम्रो गर्न सकिन्छ त्यसका निम्ति विद्यार्थीहरुमा अन्तरआत्मादेखि नै राम्रो गर्ने इच्छा हुनु पर्छ । कोसिस र अभ्यासले नै हामीलाई सफल बनाउने हो । त्यसैले अल्छि नगरेर पढ्नोस, मेहनत गर्नुहोस, प्रत्येक दिन घरमा पढ्ने र लेख्ने गरे सफलता सजिलै प्राप्त हुने छ । सफलताको शुभकामना ।
तपाईलाई माया गर्ने शिक्षक
हरिबहादुर बस्नेत
त्रि.मा.वि. खलंगा, जाजरकोट

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad