राजेन्द्र कार्की । जाजरकोट
झाडापखालाबाट जाजरकोटमा एक जनाको ज्यान गएको छ । समयमा उपचार नपाउँदा जुनीचाँदे गाँउपालिका ७ का ५१ बर्षिय जयबहादुर रोकामगरको ज्यान गएको हो ।
जयबहादुरलाई झाराबान्ता भएपछि उपचारका लागि स्थानिय रजुतरा सामुदायिक स्वास्थ्य इकाईमा लगिएको थियो । त्यहाँ औषधी नभएपछि विरामीलाई फर्काएर घर ल्याईयो । घरेलु उपचार गरियो तर निको भएन । अन्तमा उनको ज्यान गयो स्थानिय राजेन्द्र रोकामगरले भने समयमा उपचार पाएको भए उनको अकालमा ज्यान जाने थिएन ।
मृतकका छोरा १४ बर्षका अनमोल रोकामगर पनि झाडापखालाले सिकिस्त विरामी भएका छन् । उनको अवस्था जटिल भएपछि जिल्ला प्रशासन कार्यालयको पहलमा थप उपचारका लागि सुर्खेत पठाईएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी अन्जन न्यौपानेले जानकारी दिए । मौसम परिवर्तन सँगै खानपानमा ध्यान नदिदा झाडापखालाको समस्या देखिने गरेको जाजरकोट अस्पतालका डाक्टर औसरसिंह राठौरले बताए । फुड प्वाइजनिङ्गका कारण पनि झाडापखाला भएको हुन सक्ने भएकोले सवैलाई सचेत रहन डा.राठौरको सुझाब छ ।