March 25 - 2023, Saturday११ चैत्र २०७९, शनिबार

दक्षिण एसियाली एथलेटिक्स महासंघको उपाध्यक्षमा शाह चयन

दक्षिण एसियाली एथलेटिक्स महासंघको उपाध्यक्ष शाह चयन राजेन्द्र कार्की । जाजरकोट
नेपाल एथलेटिक्स संघका अध्यक्ष राजिव विक्रम शाह दक्षिण एसियाली एथलेटिक्स महासंघको उपाध्यक्ष चयन भएका छन् ।
माल्दिभ्समा मंगलबार भएको महासंघको साधारण सभाले नेतृत्व चयन गरेको हो । साधारण सभाले भारतका ललित बनोटलाई अध्यक्ष चयन गर्दै कार्यसमितिका अन्य पदाधिकारी र सदस्य चुन्ने जिम्मेवारी दिएको शाहले जानकारी दिए । सोही निर्णय अनुसार आफूसहित दक्षिण एसियाका अन्य प्रतिनिधिलाई महासंघको विभिन्न जिम्मेवारी दिएको कर्णाली प्रदेश सांसद समेत रहेका शाहले बताए ।

Swasthya sewa karyalaya, jajarkot

शाहका अनुसार वरिष्ठ उपाध्यक्षमा श्रीलंकाका फर्नान्डो पलिथा उपाध्यक्षमा शाहसहित माल्दिभ्सका थोलाल र भुटानका छेवाङ रिन्जिङ रहेका छन् । त्यस्तै पाकिस्तानका जाफर महासचिव, भारतका रविन्दर चौधरी वरिष्ठ संयुक्त सचिव, माल्दिभ्सका मुनिथ्थे संयुक्त सचिव र बंगलादेशका अब्दुल रोविक कोषाध्यक्ष चयन भएका छन् । त्यस्तै महासंघले श्रीलंका र बंगलादेशका समान एक महिला प्रतिनिधिलाई सदस्यमा चयन गर्नेछ ।


माल्दिभ्सबाट बुधबार स्वदेश फर्केका शाहले अन्तर्राष्ट्रिय एथलेटिक्स महासंघको क्षेत्रिय महासंघ गठन गर्ने निर्देशन अनुसार दक्षिण एसियाली एथलेटिक्स महासंघको नयाँ कार्यसमिति चयन भएको बताएका छन् । यसअघि पनि महासंघ गठनको प्रयास भएपनि त्यसले अन्तर्राष्ट्रिय मान्यता भने पाएको थिएन । महासंघ गठनसँगै दक्षिण एसियाली राष्ट्रका बीचमा सिनियर र जुनियर च्याम्पियसिप आयोजनाको संख्या बढ्ने सम्भावना रहेको शाहको बुझाई छ ।

शाहले संघको आयोजनामा फागुन २३ गते गोकर्णमा आयोजना हुने एसियन क्रस कन्ट्रीमा दक्षिण एसियाली राष्ट्रका प्रतिनिधि समेत रहेका महासंघका पदाधिकारी काठमाडौं आउने सम्भावना छ । संघले २२ वर्षपछि नेपालमा च्याम्पियनसिपको आयोजना गर्दैछ । सिनियर र जुनियरमा गरि १९ नेपाली खेलाडीले च्याम्पियनसिपमा भाग लिने तयारीमा छन् । जाजरकोट प्रदेश ख मा कर्णाली प्रदेश सभा सदस्यमा निर्वाचित शाह नेपाली काँग्रेसका केन्द्रिय सदस्य समेत छन् ।
महासंघमा भएको शाहको प्रतिनिधित्वले नेपालको खेलकुद विकासमा टेवा पुग्ने विश्वास गरिएको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad