प्रवाह संवाददाता । जाजरकोट
विना कसुर ८ बर्ष जेल सजाय दिएकोे भन्दै भेरी नगरपालिका–६ की राधिका चन्दले सरकार सँग क्षतिपुर्ती माग गरेकी छन् । तत्कालिन माओवादी शसस्त्र युद्धमा लागेको भन्दै २०५७ सालमा सुर्खेत जिल्लाको घुमखरे गाविस–९ भेराबारीबाट उनलाई पक्राउ गरी तत्कालिन सरकारले राज्य विरुद्धको अपराध मुद्धा चलाएर जेल चलान गरेको थियो ।
८बर्षपछि २०६५ सालमा जिल्ला अदालत सुर्खेतले उनलाई सफाई दिएको थियो । अदालतको फैसला सँगै जेल जीवनबाट मुक्ति पाएता पनि चन्दको आत्माले अहिलेसम्म मुक्ति पाउन सकेको छैन । अदालतको आदेशले जेलमुक्त भएको १४ बर्ष वित्तिसक्दा पनि पक्राउ परे लगत्त साबुति बयानका लागि राधिकालाई १० दिनसम्म प्रहरी हिरासतमा राखेर दिएको चरम यातनाको पिडाले अहिले पनि सताउने गरेको छ । जतिवेला उनी १३ बर्षकी मात्र थिईन ।
८ बर्ष २ महिना ५ दिनसम्म बन्दी भएर कारागारमा भोग्नु परेको पिडा अहिले पनि वेला बेला बल्झिरहन्छ । हिरासत र कारागार भित्र आफुले भोग्नु परेको पीडालाई सम्झेर राधिका अहिले पनि बेला–बेलामा झस्किने तथा बर्बराउने गर्छिन । राधिकाले यतिवेला न्यायको खोजीमा अदालतको ढोका ढकढक्याउने शंकल्प गरेकी छन् ।
जाहेरीवालाको मागदावीलाई अदालतले खारेजी गरेका आधिकारिक प्रमाणमा रहेर राधिकाले बिना कसुर आफुले ८ बर्ष जेल जीवन विताएको क्षेतीपूर्ती सरकारले दिनुपर्ने दावी गरेकी छन् । २०५७ सालमा आफु १३ बर्षको नाबालिका भएको जानकारी दिदै राधिकाले १३ बर्षको नाबालिकालाई राज्य विरुद्धको अपराध र सजाय ऐन–२०४६ को दफा ३, २ र ३, ४ ले गरेको व्यवस्था अनुसारको सजायको मागदावी राखी जेल सजाय दिन पाईने कुनैपनि कानुनी सुविधा नभएको जिकिर गरेकी छन् ।
प्रहरी सहायक निरिक्षक सुरेन्द्र केसीको जाहेरीले राज्य विरुद्धको अपराध मुद्धा लगाईसकेपछि ८ बर्ष २ महिना ५ दिन कारागारमा बन्दी बनाएर अनुसन्धान गरिएको थियो राधिकाले भनिन–‘जिल्ला कारागारामा ८ बर्ष २ महिना ५ दिनसम्म बन्दी बनाएर प्रहरीले लिएको बयान तथा गरेको अनुसन्धानबाट राज्य विरुद्धको अपराधमा संलग्न भएको आधिकारी प्रमाण जुट्न नसकेपछि जिल्ला अदालतले मलाई २०६५ साल असार १८ गते सफाई दिएको थियो ।’
जेल मुक्त भए लगतै हालको भेरी नगरपालिका–६ गंगटियाका युद्धवीर सिंहसंग बिवाह गरेकी थिईन् । उनका एक छोरी र एक छोरा रहेका छन् । उनको स–परिवार अहिले भेरी नगरपालिका–३ मा अस्थायी बसोबास गर्दै आएको छ । अहिले राधिका ३५ बर्षकी भईन् । राजनिति भनेको के हो थाहै नभएको बेला कसैको लहलहैमा माओवादी आन्दोलनमा लागेकै कारण त्यति ठुलो सजाय पाए । अहिले त्यही माओवादी पार्टी सरकारको नेतृत्व गरिरहेको छ । हामी दुबै जना वेरोजगार छौ । विहान बेलुकाको छाक टार्न समेत समस्या परिरहेको छ । न राज्यले हेर्यो न पार्टीले उनले दुखेसो पोख्दै भनिन ।
विना कसुर ८ बर्ष २ महिना ५ दिन जेल जीवन विताउनु परेको अवधीको क्षतिपुर्तीका लागि अदालतको ढोका ढक्ढक्याउने तयारीमा रहेको उनले बताईन । मानव अधिकारको दुष्ट्रिकोणले आफु विरुद्ध राज्यले गंभिर अपराध गरेको गुनासो सुनाईन ।
विना कसुर ८ बर्ष जेल सजाय दिएको भन्दै सरकार सँग क्षतिपुर्तीको माग
