March 25 - 2023, Saturday११ चैत्र २०७९, शनिबार

सहयात्राले बनाई दियो छेडागाडमा विद्यालय भवन

प्रवाह संवाददाता । जाजरकोट
सेभ द चिल्ड्रेन र पाँचतारा यूवासंरक्षक मञ्चको सहयात्रा परियोजनाले जाजरकोटको छेडागाडमा एक विद्यालय भवन निर्माण गरिदिएको छ । छेडागाड नगरपालिका वडा न ३ मा रहेको जनविकास आधारभूत विद्यालयको दुई कोठे विद्यालय भवन निर्माण भएको हो । छेडागाड नगरपालिका उपप्रमुख चन्द्र बहादुर थापाले एक भब्य समारोहका बिच नबनिर्मित भवनको उद्घाटन गर्नु भएको छ ।

Swasthya sewa karyalaya, jajarkot

सेभ द चिल्ड्रेन र पाँचतारा यूवासंरक्षक मञ्चको ३३ लाख र समुदायको श्रमदान दुई लाख ५४ हजार दुई सय ५२ गरी जम्मा ३५ लाख ५४ हजार दुई सय ८२ रुपैयाको लागतमा विद्यालय भवन निर्माण भएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पृथी बहादुर बुढाको अध्यक्षता भएको कार्यक्रमको संचालन सोहि विद्यालयका शिक्षक मान बहादुर बुढाले गर्नुभएको थियो । कार्यक्रममा वडा न ३ का वडा अध्यक्ष मान बहादुर थापा, शिक्षा शाखाका श्रोतव्यक्ति कमल बहादुर शाही, पाँचतारा यूवा संरक्षक मंचका अध्यक्ष छवी पन्त, सेभ द चिल्डे«नका परियोजना संयोजक चेतराज पाध्याय विशिष्ट अतिथिको रुपमा रहनु भएको थियो ।

विभिन्न विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, अभिभावकहरू र विद्यार्थीहरू गरि करीव तीन सय जनाको सहभागिता रहेको थियो । सहभागिहरूलाई विद्यालयका प्रधानाध्यापक बिर बहादुर खत्रीले स्वागत गर्नुभएको थियो । कार्यक्रममा बालबालिकाहरूले साँस्कृतिक कार्यक्रम, अभिभावकहरूले स्थानीय झाक्री, बाजागाजाहरू प्रस्तुत् गर्नुभएको थियो । प्रमुख अतिथि यस छेडागाड नगरपालिकाका उपप्रमुख चन्द्र बहादुर थापाले यस नगरपालिकामा सेभ द चिल्डे«न र पाँचतारा यूवासंरक्षक मंचले शिक्षाक्षेत्रमा गरेको योगदान प्रति आभार तथा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले भन्नु भयो–‘यदि सहयात्रा परियोजना नभएको भए हाम्रा विद्यालयको अवस्था अझै धेरै कमजोर हुने थियो । नगरपालिकाका १३ वटै वडाहरूमा परियोजनाले ठुलो उपलब्ध हासिल गरेको छ ।’

भवन नहुँदा पठनपाठनमा निकै समस्या थियो । भवन बन्यो हामी धेरै खुसी भएका छौ । अव विद्यार्थीहरु सुविधा सम्पन्न भवनमा अध्यापन गर्न पाउने छन् विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पृथीबहादुर बुढाले भने ।

धुलो रहित विद्यालय, बालमैत्री विद्यालय, घरमै विद्यालय, गृह विद्यालयले, शिक्षकहरूको क्षमता अभिवृद्धि, अपांगता भएका बालबालिकाहरूको लागि स्वास्थ्य परीक्षण शिविर तथा सहायता सामग्रीहरू वितरण, बालसमूह र बालअधिकार समितिहरूको क्षमता अभिवृद्धि, बालबालिकाहरूको लागि स्वःअध्ययन सामग्रीहरू देखि शैक्षिक सामग्री सहयोग, शतप्रतिशत विद्यालय भर्ना अभियानहरु, शिक्षक, अभिभावक र विद्यार्थीहरु बिच अन्तरक्रिया छलफल, सुरक्षित विद्यालय (विपद् जोखिम न्यूनिकरण, विद्यालय शान्तिक्षेत्र र हिंसा रहित विद्यालय) को क्षेत्रमा ठुलो सहयोग गरेको छ । त्यसै गरी नगरपालिकास्तरमा शिक्षा सम्वन्धी नीति, रणनीतिहरु, कार्यविधिहरू निर्माणमा सहयोग तथा सहजिकरण गरेको बताउनु भयो । साथै उहाँले विद्यालय भवन निर्माण लगाएत अन्य सहयोगको क्षेत्रमा सेभ द चिल्डे«न र पाँचतारा यूवासंरक्षक मंचसँग निरन्तररूपमा समन्वय र सहकार्य गरिरहेको बताउनुभयो । कार्यक्रममा सेभ द चिल्डे«न र पाँचतारा यूवासंरक्षक मंचलाई प्रर्ससा पत्र तथा सम्मान पत्र सहित प्रदान गरिएको थियो ।

बालमैत्री, अपांगतामैत्री उक्त विद्यालय भवनका भित्री कक्षाकोठाहरू शैक्षिक सामग्रीहरूले भरीभराउ गरिएको छ । उक्त भवन निर्माण भए पछि बालबालिकहरूको सिकाइ, बसाई व्यस्थापनमा ठुलो सहयोग पुगेको छ । कक्षा १ र २ संचालन भएको उक्त विद्यालयका ६१ जना बालबालिकाहरू लाभान्वित भएका भएका छन् । विद्यालयको भवनको साथै आवश्यक शैक्षिक सामग्रीहरूको सहयोग, कारपेट, पीफम, सिकाइ टेवलहरू, कथाका पुस्तकहरू, शिक्षक निर्देशिका, पाठ्यक्रम र शिक्षकहरूलाई एकिकृत पाठ्यक्रम शिक्षण सम्वन्धी तालिम प्रदान गरिएको छ ।

छेडागाड नगरपालिकाका १३ वटै वडाहरूका विद्यालय तथा बालविकास केन्द्रमा भौतिक निर्माणको क्षेत्रमा सेभ द चिल्डे«न र पाँचतारा यूवासंरक्षक मंचले सन् २०१९ देखि हाल सम्म ८ वटा विद्यालय र बालविकास केन्द्रका नयाँ भवनहरू, १९ विद्यालयहरूका ३८ वटा कक्षाकोठाहरू मर्मत, २१ विद्यालयहरूमा शौचालय, २५ वटा विद्यालयहरूमा खानेपानी निर्माण कार्य सम्पन्न भएको छ ।

जसबाट आठ हजार आठ सय १५ जना बालबालिकाहरू लाभान्वित भएका छन् । जसको कूल लागत सेभ द चिल्डे«न, पाँचतारा यूवासंरक्षक मंचको दुई करोड ७७ लाख ८८ हजार ४ सय ६४रुपैया, नगरपालिकाको ८५ लाख ८४ हजार एक सय ९२ रुपैया र समुदायको श्रमदान ४४ हजार ६५ हजार ५ सय १४ रुपैया गरी जम्मा चार करोड ८३ लाख ९ हजार एक सय ७० रुपैया रहेको छ । यसरी सेभ द चिल्डे«न र पाँचतारा यूवा संरक्षक मंचको साझेदारीमा संचालित सहयात्रा परियोजनाले यस नगरपालिका ८९ वटै विद्यालयहरूमा बालबालिकाहरूको शिक्षामा पहुँच, गुणस्तरीय सिकाइ वातावरण, सुरक्षित विद्यालय र बालबालिकाहरूको सिकाइ उपलब्धीमा सुधार गर्नको लागि केहि न केहि क्रियाकलापहरू संचालन गरिरहेको छ । सहयात्रा परियोजना सन् २०२३ को डिसेम्वरमा समापन हुनेछ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad