March 25 - 2023, Saturday११ चैत्र २०७९, शनिबार

राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि शिवशंकर मावि जगतिपुरलाई

राजेन्द्र कार्की । जाजरकोट

Swasthya sewa karyalaya, jajarkot

भेरी नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड तथा चौँथो मेयर कप प्रतियोगिताको उपाधि शिवशंकर मावि जगतिपुरले जितेको छ ।
खलंगा स्थित त्रिभुवन माविको खेल मैदानमा भेरी नगरपालिकाले माघ २२ गते देखी संचालन गरेको प्रतियोगितामा ११ स्वर्ण, ५ रजत र ५ कास्य गरी कुल २१ पदक प्राप्त गरी प्रथम हुँदै शिवशंकर माविले राष्ट्रपति रनिङ शिल्ड तथा चौँथो मेयर कपको उपाधि सहित नगद पुरस्कार ४० हजार हात पारेको हो ।
त्यसैगरी ६ स्वर्ण, ५ रजत र ६ कास्य पदकसहित कुल १७ पदक प्राप्त गर्दै भेरी त्रिवेणी मावि रिम्ना दोस्रो र ५ स्वर्ण, ५ रजत र ४ कास्य पदक सहित १४ पदक प्राप्त गर्दै भगवती मावि कुदु तृृतीय भएका छन् । दोस्रो र तृतिय हुने विद्यालयले क्रमश ३० हजार र २० हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।
एथलेटिक्स, भलिबल र कबड्डी लगायतका खेल समावेश भएको प्रतियोगितामा नगरपालिकाभित्रबाट १० विद्यालयका करिव २ सय छात्र÷छात्राहरुको सहभागी रहेको थियो । पुरस्कार वितरण गर्दै नगरप्रमुख चन्द्र प्रकाश घर्तिले विजेता छात्र÷छात्राहरुलाई रनिङ शिल्ड, प्रमाणपत्र, मेडल र नगद पुरस्कार प्रदान गरे । उनले युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्न नगरपालिकाले विद्यालयलाई खेलकुदमैत्री बनाउने र खेलको विकास गर्दै नगरपालिकाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न नगरपालिका लागिपरेको बताए ।

छात्रा भलिबल र कबड्डी त्रिभुवन मावि खलंगाले जितेको छ भने छात्र कबड्डी भगवति मावि कुदुले जितेको हो । विवादका कारण छात्र भलिबल खेल संचालन हुन सकेन । धेरै जसो विद्यालयले नक्कली खेलाडी खेलाएपछि फाइनल चरणमा पुग्न थालेको भलिबल खेल स्थगित गरिएको प्रमुख रेफ्री प्रेमप्रकाश केसीले बताए ।
नगरपालिकाले आयोजना गरेको विभिन्न खेलहरूमा विद्यालयले प्राप्त गरेको पदकका आधारमा प्रथम, दोस्रो र तृतिय छनोट गरिएको नगरपालिकाको शिक्षा तथा खेलकुद शाखाका प्रमुख अमृत बहादुर पुनले जानकारी दिए ।

 

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad