मृतकको शोकमा छेडागाड नगरपालिका बन्द

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटको छेडागाड नगरपालिका ४ दशेरामा १२ जनाको ज्यान जाने गरी सोमवार भएको जीप दुघर्टनामा परि मृत्यु भएकाहरुको शोकमा नगरपालिकाले मंगलबार सरकारी तथा गैरसरकारी कार्यालय, संघ संस्था बन्द गरेको छ । नगरपालिका भित्र रहेका सम्पूर्ण सरकारी, नीजि तथा गैरसरकारी कार्यालयहरु मंगलबार बन्दगरी सेवा प्रवाहको कामलाई रोक्न शोक वक्तव्य मार्फत सबैलाई अनुरोध गरिएको छ ।

जीप दुर्घटनामा परी ज्यान गुाउने १२ जनाप्रति छेडागाड नगरपालिकाले श्रद्धान्जली व्यक्त गरेको छ । मंगलबार एक शोक बक्तव्य जारी गर्दै नगरपालिकाले जीप दुर्घटनामा परी ज्यान गुमाउने १२ जनाप्रति श्रद्धान्जली अर्पण गरेको हो ।

bhumi-sanrakshyan

निमित्त प्रमुख प्रशासकीय अधिकृत गंग बहादुर रोकायद्धारा जारी गरिएको शोक वक्तव्यमा भनिएको छ–‘कहाली लाग्दो दुर्घटनाबाट अनाहकमा १२ जनाले ज्यान गुमाउनु परेको यस दुखद घटनाले छेडागाड नगरपालिकाको सम्पूर्ण परिवार स्तब्ध भएको छ । साथै यस दुखद दुर्घटनाबाट ज्यान गुमाउनु हुने सम्पूर्ण मृतआत्माहरुको चीरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनप्रति गहिरो सम्वेदना प्रकट गर्दछौं ।’

छेडागाड नगरपालिका–४ र ५ को सिमाना स्थित भीरबाटीमा सोमबार कर्णाली प्रदेश ०२००१ च ०४२९ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको थियो । बिरामी बोकेर उपचारको लागि थलह स्थित नगर अस्पताल तर्फ जादै गर्दा उक्त जीप भीरबाटीमा दुर्घटनामा परेको थियो ।


पश्चिम जाजरकोटको छेडागाड नगरपालिका ४ र ५ को सिमानामा पर्ने भीरबाटी भन्ने ठाँउमा सोमवार दिउसो साढे चार बजेतिर जीप दुर्घटना भएको हो ।
कर्णाली प्रदेश ०२–००१ च ०४२९ नम्बरको बलेरो जीप मध्यपहाडी राजमार्गको थलह–सुयाडा सडक खण्डको भीरबाटी भन्ने ठाँउबाट दुई सय मिटर तल खसेर दुर्घटनामा परेको हो । क्षमता भन्दा बढी यात्रु र तिव्रगतिमा रहेको जीप चालकको नियन्त्रण बाहिर गएपछि दुर्घटना भएको प्रहरीको अनुमान छ ।
मृतकको पोष्टमार्टमका लागि इलाका स्वास्थ्य चौकी दशेरा लगिएको छ । दशेरामै पोष्टमार्टम गर्नका लागि जिल्ला अस्पताल जाजरकोटबाट चिकित्सकको टोली मंगलवार विहानैै त्यसतर्फ प्रस्थान गरेको भएपनि दिउसो सम्म पोष्टमार्टम हुन नसकेका स्थानिय प्रेम रावतले जानकारी दिए । पिडित पक्षले क्षतिपुर्ती र दोषीलाई कारवाहीको माग गदै पोष्टमार्टम गर्न नदिएको रावतले बताए । सहमति नजिक पुगेको र केही समयमै पोष्टमार्टम गरेर सम्बन्धित परिवारलाई सव बुझाउने तयारी भैरहेको निमित्त प्रमुख जिल्ला अधिकारी जनकप्रसाद भण्डारीले बताए ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya