March 25 - 2023, Saturday११ चैत्र २०७९, शनिबार

मृतकको शोकमा छेडागाड नगरपालिका बन्द

राजेन्द्र कार्की । जाजरकोट

Swasthya sewa karyalaya, jajarkot

जाजरकोटको छेडागाड नगरपालिका ४ दशेरामा १२ जनाको ज्यान जाने गरी सोमवार भएको जीप दुघर्टनामा परि मृत्यु भएकाहरुको शोकमा नगरपालिकाले मंगलबार सरकारी तथा गैरसरकारी कार्यालय, संघ संस्था बन्द गरेको छ । नगरपालिका भित्र रहेका सम्पूर्ण सरकारी, नीजि तथा गैरसरकारी कार्यालयहरु मंगलबार बन्दगरी सेवा प्रवाहको कामलाई रोक्न शोक वक्तव्य मार्फत सबैलाई अनुरोध गरिएको छ ।

जीप दुर्घटनामा परी ज्यान गुाउने १२ जनाप्रति छेडागाड नगरपालिकाले श्रद्धान्जली व्यक्त गरेको छ । मंगलबार एक शोक बक्तव्य जारी गर्दै नगरपालिकाले जीप दुर्घटनामा परी ज्यान गुमाउने १२ जनाप्रति श्रद्धान्जली अर्पण गरेको हो ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत गंग बहादुर रोकायद्धारा जारी गरिएको शोक वक्तव्यमा भनिएको छ–‘कहाली लाग्दो दुर्घटनाबाट अनाहकमा १२ जनाले ज्यान गुमाउनु परेको यस दुखद घटनाले छेडागाड नगरपालिकाको सम्पूर्ण परिवार स्तब्ध भएको छ । साथै यस दुखद दुर्घटनाबाट ज्यान गुमाउनु हुने सम्पूर्ण मृतआत्माहरुको चीरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनप्रति गहिरो सम्वेदना प्रकट गर्दछौं ।’

छेडागाड नगरपालिका–४ र ५ को सिमाना स्थित भीरबाटीमा सोमबार कर्णाली प्रदेश ०२००१ च ०४२९ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको थियो । बिरामी बोकेर उपचारको लागि थलह स्थित नगर अस्पताल तर्फ जादै गर्दा उक्त जीप भीरबाटीमा दुर्घटनामा परेको थियो ।


पश्चिम जाजरकोटको छेडागाड नगरपालिका ४ र ५ को सिमानामा पर्ने भीरबाटी भन्ने ठाँउमा सोमवार दिउसो साढे चार बजेतिर जीप दुर्घटना भएको हो ।
कर्णाली प्रदेश ०२–००१ च ०४२९ नम्बरको बलेरो जीप मध्यपहाडी राजमार्गको थलह–सुयाडा सडक खण्डको भीरबाटी भन्ने ठाँउबाट दुई सय मिटर तल खसेर दुर्घटनामा परेको हो । क्षमता भन्दा बढी यात्रु र तिव्रगतिमा रहेको जीप चालकको नियन्त्रण बाहिर गएपछि दुर्घटना भएको प्रहरीको अनुमान छ ।
मृतकको पोष्टमार्टमका लागि इलाका स्वास्थ्य चौकी दशेरा लगिएको छ । दशेरामै पोष्टमार्टम गर्नका लागि जिल्ला अस्पताल जाजरकोटबाट चिकित्सकको टोली मंगलवार विहानैै त्यसतर्फ प्रस्थान गरेको भएपनि दिउसो सम्म पोष्टमार्टम हुन नसकेका स्थानिय प्रेम रावतले जानकारी दिए । पिडित पक्षले क्षतिपुर्ती र दोषीलाई कारवाहीको माग गदै पोष्टमार्टम गर्न नदिएको रावतले बताए । सहमति नजिक पुगेको र केही समयमै पोष्टमार्टम गरेर सम्बन्धित परिवारलाई सव बुझाउने तयारी भैरहेको निमित्त प्रमुख जिल्ला अधिकारी जनकप्रसाद भण्डारीले बताए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad