February 4 - 2023, Saturday२१ माघ २०७९, शनिबार

नामै फेसबुक डाँडा !

राजेन्द्र कार्की । जाजरकोट

Swasthya sewa karyalaya, jajarkot

डाँडाको नामै फेसबुक डाँडा ! तपाईलाई अचम्म लाग्न सक्छ तर मध्यपहाडी लोकमार्ग अन्र्तगत जाजरकोटको छेडागाड नगरपालिका दशेरा सडक खण्डमा पर्ने एउटा डाँडाको नाम नै फेसबुक डाँडा राखिएको छ । फेसबुक डाँडा नाम राखिएको एक बर्ष पुग्न लाग्यो । मध्यपहाडी लोकमार्ग कालोपत्रे गरी सकेपछि सडक छेउमा विभिन्न स्थानका नाम लेख्ने क्रममा स्थानिय युवाहरुले पाँच बर्ष अघि देखि नै भन्दै आएको फेसबुक डाँडा नामाकरण गरिएको हो ।

छेडागाड नगरपालिका ३ हाँडेतोला गाँउमा पर्ने यो डाँडा अहिले फेसबुक डाँडाको नामले प्रख्यात भएको स्थानिय हरिहर अधिकारीले बताए । अरु ठाँउमा कतै फोन नटिपे पनि यही ठाँउमा फाने टिप्थ्यो उनले भने–‘फोन टिप्नुका साथै टुजी फेसबुक चल्ने गर्दथ्यो । गाँउका युवा युवती फेसबुक चलाउन यही डाँडामा आउथे । राती अवेर सम्म बसेर चलाउने गर्थे । दिनभर पनि फेसबुक चलाउने युवायुवती खाली हुदैन्थे । फेसबुक डाँडातिर जाउन साथीभाई सँग कुरा गरेर आउँला भनेर कुरा गदै जाँदा सवैको लागि परिचित नाम भएकोले सडक निर्माणको क्रममा सडक छेडमा विभिन्न स्थानको नाम र ट्राफिक संकेत लेख्ने क्रममा सडक निर्माण कम्पनीलाई फेसबुक डाँडा लेख्न लगाएका हौ ।’

५÷६ बर्ष अघि छेडागाडकै मछाइनाको टावरले यस ठाँउमा काम गर्ने भएकोले फोन र फेसवुक चल्ने गर्दथ्यो । अहिले गाँउ नजिकै दैलेख, सुर्खेत र जाजरकोटको सिमाना नजिक भकारेको लेकमा नेपाल टेलिकमको एनटिसीको टावर निर्माण गरिएको छ । अहिले उक्त गाँउमा टेलिकमको फोरजी सेवा नै संचालनमा आएको छ । छेडागाड नगरपालिकाका उपमेयर चन्द्रबहादुर थापाले पनि केही बर्ष पहिले छेडागाडका धेरै ठाँउमा टेलिफोन नटिप्ने तर हाँडेतोला गाँउको हाल नामकरण गरिएको फेसबुक डाँडामा मात्र फोन टिप्ने र फेसबुक चल्ने भएकोले उक्त हाँडीतोले डाँडाको नाम फेसबुक डाँडा राखिएको बताए ।


मध्यपहाडी सडकको दशेरा दैलेख खण्डमा यात्रा गर्ने क्रममा फेसबुक डाँडा नाम देख्ने वित्तिकै धेरैै मानिसहरु गाडीबाट ओर्लिएर टिकटक बनाउने, फोटा खिच्ने र सेल्फी लिने गरिएको उपमेयर थापाले बताए । सञ्चारको कति असुविधाबाट छेडागाडबासी गुर्जिनु परेको रहेछ भन्ने इतिहासको साँक्षी यही नामले पनि पुष्टि गरेको छ उनले भने अहिले पनि नगरपालिकाका १३ वटै वडामा सञ्चारको उत्तिकै समस्या छ । कतिपय गहिरो खोच परेको ठाँउमा र घरभित्र फोन टिप्दैन । कतिपय अझै अग्लो डाँडामा जानु पर्ने र रुख चढेर फोन गर्नुपर्ने बाध्यता रहेको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad