एम्नेष्टि इन्टरनेशनल नेपाल जाजरकोटको तेस्रो साधारण सभा सम्पन्न

प्रवाह संवाददाता । जाजरकोट

एम्नेष्टि इन्टरनेशनल नेपाल ग्रुप ७७ जाजरकोटको तेस्रो साधारण सभा खलंगामा सम्पन्न भएको छ । जाजरकोटका प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेले ब्यानर पढेर साधारण सभाको उद्घाटन गरेका हुन् । एम्नेष्टि इन्टरनेशनल नेपालका केन्द्रिय अध्यक्ष विपीन बुढाथोकीले भिडियो कल मार्फत शुभकामना दिएका थिए ।

प्रमुख जिल्ला अधिकारी न्यौपानेले  मानव अधिकारको क्षेत्रमा क्रियाशिल एम्नेष्टिको जाजरकोट ग्रुपको सफलताको शुभकामना ब्यक्त गरेका थिए । संस्थाका अध्यक्ष खम्बजंग शाहको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी प्रमुख डिएस्पी सन्तोष निरौला, बारेकोट गाँउपालिकाका पुर्व अध्यक्ष महेन्द्र शाह, जाजरकोट उद्योग बाणिज्य संघ जाजरकोटका अध्यक्ष रमेश केसी लगायतको सहभागिता रहेको थियो ।

bhumi-sanrakshyan

उद्घाटन सत्र सकिए लगत्तै भएको बन्दसत्रमा कोषाध्यक्ष खुमकली डाँगीले आर्थिक प्रतिवेदन र सचिव बालकुमार शर्माले साँगठनिक प्रतिवेदन पेश गरेका थिए । कोषाध्यक्ष र सचिवले पेश गरेका दुवै प्रतिवेदन पारित गरिएको अध्यक्ष शाहले बताए । चार बर्ष अघि राजेन्द्र कार्कीको अध्यक्षतामा गठन भएको एम्नेष्टि इन्टनेशनल नेपाल जाजरकोट ग्रुप ७७ को केन्द्रिय साधारण सभा आगामी पुस २ गते चितवनमा हुनेभएको छ ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya