राजेन्द्र कार्की । जाजरकोट
गत मंसिर ४ गते सम्पन्न भएको प्रदेश सभा सदस्य तथा प्रतिनिधी सभा सदस्य पदको निर्वाचनमा जाजरकोटको प्रत्यक्ष तथा समानुपातिक तर्फको सवै परिणाम सार्वजनिक भएको छ । जिल्लाका केही छिटफुट घटना बाहेक निर्वाचन शान्तिपुर्ण तरीकाले सम्पन्न भएको छ ।
निर्वाचन होला कि नहोला ? भएपनि निश्पक्ष तरीकाले सम्पन्न होला कि नहोला ? कसले चुनाव जित्ला ? आदि इत्यादी प्रश्नहरु मानिसहरुको मनमा खेल्दा खेल्दै सहज , सरल र शान्तिपुर्ण तरीकाले निर्वाचनको सवै परिणाम सार्वजनिक भैसकेको छ ।
जाजरकोटमा निर्वाचन गराउनका लागि मुख्य नेतृत्वदायी भुमिका निर्वाह गरेका मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायधिस केशवराज चपाईको समन्वयकारी भुमिका र कुशल नेतृत्वका कारण शान्तिपुर्ण, निश्पक्ष र धाँधली रहित तरीकाले निर्वाचन सम्पन्न भएको जाजरकोटवासी स्थानियको भनाई छ ।
मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी पाएका जिल्ला न्यायधिस चपाईले आईतवार निर्वाचन सफल र सहज रुपमा सम्पन्न गराउन अहोरात्र खटिने राष्ट्रसेवक कर्मचारीलाई प्रसंसा पत्र प्रदान गदै जिल्लावासी सवैलाई धन्यवाद दिएका छन् । प्रमुख जिल्ला अधिकारी मार्फत जिल्लावासी नागरिक, राजनैतिक दल, निर्वाचनमा खटिएका शिक्षक, कर्मचारी, सुरक्षाकर्मी, सुरक्षा अधिकारी,सञ्चारकर्मी, पर्यवेक्षक लगायत सवैलाई धन्यवाद दिएका छन् । सवैको सहयोगले हामीले निर्वाचन सम्पन्न गर्न सफल भएका छौ मुख्य निर्वाचन अधिकृत चपाईले भने ‘हामीलाई सरकारले दिएको भुमिका निर्वाह गरेका हौ । शान्तिपुर्ण रुपमा निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने तपाई जिल्लावासी सवै धन्यवादका पात्र हुनुहुन्छ ।’
निर्वाचनमा नेतृत्वदायी भुमिका निर्वााह गर्ने जाजरकोटका प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपाने, चन्दननाथ गणका प्रमुख सेनानी सविनप्रताप केसी, जनपथ प्रहरी नायव उपरीक्षक सन्तोष निरौला, शसस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक लालसिं विष्ट, सहायक निर्वाचन अधिकृत नारायण सापकोटा, सुरक्षा टोली प्रमुख उपसचिव कृष्णप्रसाद जैसीलाई प्रसंसा पत्र प्रदान गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यस्तै, अनुगमण अधिकृत वीरशमशेर घर्ती, क्षेत्रिय शसस्त्र प्रहरी वेस क्याम्पका डिएस्पी सन्तोषवीर सिंह, जिल्ला निर्वाचन अधिकारी नविन कुमार कठायत र प्रहरी निरीक्षक लालबहादुर सुनार लाई प्रसंसा पत्र प्रदान गरिएको छ ।
‘जाजरकोटमा सफलतापुर्वक निर्वाचन सम्पन्न’–मुख्य निर्वाचन अधिकृत
