April 26 - 2024, Friday१४ बैशाख २०८१, शुक्रबार

प्रहरीको रक्तदानले बच्यो सुत्केरीको ज्यान

राजेन्द्र कार्की । जाजरकोट

प्रहरीको रक्तदानबाट जिल्ला अस्पताल जाजरकोटमा उपचाररथ एक सुत्केरी महिलाको ज्यान जोगिएको छ । जिल्लाको नलगाड नगरपालिका ८ कि ३३ बर्षिया लक्ष्मी खत्रीलाई जिल्ला प्रहरी कार्यालय जाजरकोटमा कार्यरत प्रहरी जवान महेन्द्र थापाले एक प्वाइन्ट रगत दिएका हुन् ।

सुत्केरी हुन नसकेपछि जिल्ला अस्पताल पुरयाईएकी उनको पेटमा उल्टो बच्चा भएपछि शल्यक्रिया गरी निकालिएको थियो । शल्यक्रिया गर्ने क्रममा धेरै रगत बगेपछि उनलाई रगतको आवश्यकता परेको थियो । तर अस्पतालमा ब्लड बैक छैन । ब्लड बैक नहुँदा समस्यामा परेपछि आफन्तको आग्रहमा प्रहरी जवान थापाले बि पोजेटिभ रगत दिएका गरेका हुन् । समस्या परेको जानकारी पाएपछि मानवीय हिसाबले सहयोग गरेको थापाले बताए । समस्यामा परेको बेला रक्तदान गरेर श्रीमतिको ज्यान जोगाईदिएकोमा पति विष्णु खत्रीले प्रहरी जवानलाई धन्यवाद दिए । सुत्केरी र बच्चाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad