April 26 - 2024, Friday१४ बैशाख २०८१, शुक्रबार

जटिल अवस्थाकी गर्भवति महिलाको हवाई उद्धार

राजेन्द्र कार्की । जाजरकोट

सुत्केरी हुन नसकेर जटिल अवस्थामा पुगेकी एक सुत्केरी महिलाको हवाई उद्धार गरिएको छ । जुनीचाँदे गाँउपालिका २ मजकोटकी २१ बर्षिया रेखा वि.क.लाई हेलिकोप्टरबाट मंगलबार उद्धार गरेर प्रदेश अस्पताल सुर्खेत लगिएको हो ।

सुत्केरी ब्यथा लागेको तीन दिन सम्म पनि बच्चा जन्मन नसकेपछि उनको अवस्था निकै जटिल भएको थियो । तत्काल सुविधा सम्पन्न अस्पताल नलिए उनको ज्यानै जान सक्ने रहेको स्वास्थ्यकर्मीको सिफारिस आधारमा राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट उनको उद्धार गरिएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी अन्जन श्रेष्ठले बताए । प्रदेश अस्पतालमा पुरयाएपछि रेखाको पेटबाट मृत बच्चा निकालिएको छ । रेखाको स्वास्थ्य अवस्था भने अहिले खतरामुक्त रहेको चिकित्सकले बताएका छन् । स्थानिय स्वास्थ्य चौकी, गाँउपालिका र प्रमुख जिल्ला अधिकारी अन्जन श्रेष्ठको पहलमा जोखिममा परेकी गर्भवति महिलाको उद्धार गरेर ज्यान जोगाएको गाँउपालिका उपाध्यक्ष वीरेन्द्र शाहीले बताए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad