जन्मदर्ताको पहुँच बाहिर रहेका शिवालयका बालबालिकाको संख्या शुन्यमा झारिने

राजेन्द्र कार्की । जाजरकोट

जिल्लाको शिवालय गाँउपालिकाले जन्म दर्ताको पहुँच बाहिर रहेका बालबालिकाको संख्या शुन्यमा झार्ने प्रतिबद्धता गरेको छ । गाँउपालिकामा गरिएको एक सर्वेक्षणबाट पाँच बर्ष मुनीका ५७ जना बालबालिका जन्मदर्ताको पहुँच बाहिर रहेको तथ्यांक देखिएपछि गाँउपालिकाले यसै आर्थिक बर्ष भित्र सवै बालबालिकालाई जन्मदर्ताको पहुँचमा पुरयाउने प्रतिबद्धता जनाएको हो ।

ब्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षा कार्यक्रम सम्बन्धि स्थानिय सरकार, जनप्रतिनिधि तथा कर्मचारीहरुका लागि क्षमता अभिबृद्धिमुलक अभिमुखिकरण कार्यक्रममा गाँउपालिकाका निमित्त कार्यकारी प्रमुख दलबहादुर बाँठाले जन्मदर्ताको पहुँच बाहिर रहने बालबालिकाको संख्या शुन्यमा झार्न आवश्यक पहल गर्ने बताएका छन् । विभिन्न कारणले जन्मदर्ताको प्रक्रियामा आउन नसक्दा ति बालबालिका सामाजिक सुरक्षा अन्तर्गत बालपोषण भत्ता पाउनबाट समेत बञ्चित भएका छन् । सेभ द चिल्ड्रेन र पहाडी क्षेत्र विकास अभियानको साझेदारीमा संचालित पहुँच परियोजनाले गरेको घरधुरी सर्वेक्षणबाट ५७ जना बालबालिकाले जन्मदर्ता नगराएको पाईएको हो । पहुँच परियोजनाकी कार्यक्रम संयोजक अस्मिता राजभण्डारीका अनुसार जन्मदर्ताको पहुँचमा नआएका बालबालिका मध्य १४ जनालाई आवश्यक सहजीकरण गरेर जन्म दर्ता गराएर बालपोषण भत्ताका लागि आवश्यक पक्रिया अघि बढाईएको छ । अन्य बालबालिकालाई पनि जन्म दर्ता गराउन पहल भैरहेको उनले बताईन ।

bhumi-sanrakshyan

आमाबाबु बैदेशिक रोजगारमा जानु, उमेर नपुग्दै विवाह गर्नु, जनचेतनाको अभाब लगायतका कारणले अझै पनि कतिपय बालबालिका जन्मदर्ता हुन बाट बञ्चित हुन पुगेको सेभ द चिल्ड्रेनका कार्यक्रम संयोजक कौशिला चन्दले बताइन । यसरी जन्मदर्ताबाट बञ्चित भएर राज्यले दिने सामाजिक सुरक्षा भत्ता लगायतका सेवा सुविधाबाट बञ्चित हुन नपरोस भनेर आफुहरुले स्थानिय तह सँगको सहकार्यमा पैरवी गरिरहेको उनको भनाइ छ । सेभले जाजरकोटका भेरी नगरपालिका र शिवालय गाँउपालिका तथा दैलेखका नारायण नगरपालिका र ठाटिकाँध गाँउपालिकामा चार बर्षे पहुँच परियोजना लागु गरेको छ । सामाजिक सुरक्षा भत्ता कार्यक्रमबाट छुटेका योग्य लाभग्राहीहरु पहिचचान गरि पहुँचमा ल्याउने, सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि स्थानिय सरकारलाई आवश्यक सहयोग गर्ने, बाल पोषण भत्ताको उद्देश्य अनुरुप कुपोषण घटाउन सहयोग पुरयाउनका लागि जन्म देखि दुई बर्ष मुनिका बालबालिकाहरुका प्रमुख हेरचाहकर्तालाई अभिभावक कार्यक्रम, बालसंवेदनशील निति तथा कार्यक्रमका लागि आवश्यक सहयोग, सहकार्य र वकालत गर्ने परियोजनाको मुख्य उद्देश्य रहेको संयोजक चन्दले बताईन ।


अभिमुखीकरण कार्यक्रममा जाजरकोटका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले ब्यक्तिगत घटना दर्ता तथा पन्जिकरण वडा कार्यालयले संवेदनशील भएर काम गर्न निर्देशन दिएका छन् । वडा सचिवको सानो गल्तीले पनि सेवाग्रहीले धेरै दुःख पाउने भएकोले जन्म, मृत्यु, बसाइँसराइ, बिबाह लगायतका दर्ता कार्य संवेदशील र इमान्दार भएर काम गर्न आग्रह गरे । वडाध्यक्षले पनि अनावश्यक दवाव नदिन आग्रह गरे । प्रजिअ शाहीले भने ‘जन्मदर्ता गर्दा स्वास्थ्य संस्थाको प्रमाणपत्र माग्नु भयो भने गलत विवरण आउन संभावना पनि हुँदैन र स्वास्थ्य संस्थामा संस्थागत सुत्केरी हुनेको संख्यामा पनि बृद्धि हुन्छ । कुनै कारणले पनि घटना दर्ता रोकिनु हुँदैन र रोकिदैन पनि ।’


अभिमुखीकरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शाही, सेभ द चिल्ड्रेनका प्राविधिक ब्यवस्थापक ऋषिकेष ढकाल, बाघचौर नगरपालिका सल्यानका पञ्जिकरण शाखा प्रमुख धनेश्वर खड्का र शिवालय गाँउपालिकाका पञ्जिकरण शाखाका महेश थापाले पञ्किरण सम्बन्धि सरकोकारवालाहरुलाई सहजीकरण गरेका थिए ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya