March 28 - 2024, Thursday१५ चैत्र २०८०, बिहीबार

एकिकृत समाजवादीका अध्यक्ष खड्काले दिएको अपरिपक्क र झुठो अभिब्यक्ति प्रति आपत्ति

प्रवाह संवाददाता । जाजरकोट

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्यतथा नेकपा समाजवादीएकिकृत जाजरकोटका अध्यक्षकमानवहादुर खड्काले शुक्रवार समाजिक सन्जाल फेसवुकमा जाजरकोट उद्योग वाणिज्य संघको निर्वाचन समितिका सदस्यहरुलाइ आरोप लगाउदै केही दिन अघि लेखेको स्टाटसको उनीहरुले खण्डन गरेका छन् ।

जाजरकोट उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि निर्वाचन समितिका सदस्यहरुले होटेलमा वसेर मासु र मदिरा सेवनगरि अवैधानिक रुपले निर्वाचन सम्पन्न गरेको आरोप लगाए पछि उनीहरुको खण्डन विज्ञप्ती आएको हो । खड्काको आरोप कपोलकल्पीत झुठो र अपरिपक्व भएको भन्दै उनीहरुले आइतवार विज्ञप्ती मार्फत उक्त आरोपको खण्डन गरेका हुन् ।

एउटा राजनैतिक दलको जिल्ला अध्यक्ष र व्यापारीहरुको साझा सस्थाको केन्द्रिय सदस्य जस्तो व्यक्तिले हचुवाको भरमा समाजिक सन्जालमा आफुहरु माथि झुठो आरोप लगाउने काम निन्दनीय भएको भन्दै उक्त आरोप फिर्ता लिन निर्वाचन समितिका सदस्यहरु रणवहादुर कार्की, राजेन्द्र कार्की र जनक केसीले विज्ञप्ती मार्फत खड्कालाइ सुझाएका छन् । विज्ञप्तीमा उनीहरुले जाजरकोट उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि २०७९ असार ३ गते सुरु भएको प्रक्रिया टुंगोमा पुरयाउन उच्च अदालत सुर्खेतको मिति २०७९ भदौ १५ को परमादेश तथा जिल्ला प्रशासन कार्यालय जाजरकोटको भदौ २९ गतेको परिपत्रका आधारमा आफुहरुले पुरा गरेको जिम्मेवारीलाइ निहित स्वार्थ राखेर गलत रुपमा खड्काले प्रचार गरेको आरोप लगाएका छन् । उनीहरुले खड्काले लगाएको आरोप प्रमाणित गरेर देखाउन पनि चुनौति दिएका छन् ।

पार्टीको जिम्मेवार नेताले अपरिपक्व तवरले महत्वपुर्ण विषयमा प्रतिक्रिया दिने, गालीगौजमा उत्रिने र धम्कीदिने काम कसैको लागि पनि ठीक र सह्य नभएको भन्दै उनीहरुले विज्ञप्तीमा खड्काले आफुहरुका विरुद्ध लगाएको भुठो आरोप र धम्कीपुर्ण भाषा फिर्ता लिन आग्रह गरेका छन् । विज्ञप्तीमा निर्वाचनका समितिका सदस्यहरुले नयाँ नेतृत्वचयनका लागि व्यापारीहरुका विचमा भएका सहमति उलंघन गर्ने, निर्वाचन समितिका केहि व्यक्ति जिम्मेवारीवाट भाग्ने तथा जाजरकोट उद्योग वाणिज्य संघलाइ वैधानिक वाटोमा लिन नसक्ने निवर्तमान कार्य समितका सवै पदाधिकारी तथा सदस्यहरुको ठेक्का लिन नसक्ने भन्दै साँझा सस्थाको अस्तित्व संकटमा पार्ने गरि विवाद झगडा नगर्न सवैसंग आग्रह समेत गरेका छन्।

 

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad