जाजरकोटका पत्रकारको उपचार खर्चमा ५० प्रतिशत छुट

टुकमाया घर्ती । जाजरकोट

जाजरकोट जिल्ला अस्पतालले पत्रकारहरु बिरामी हुदाँ उपचारमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । अस्पताल विकास समितिको बैठकले पत्रकारलाई औषधि बाहेकका अन्य सेवाहरू जस्तै ल्याब, एक्सरे र टिकटमा ५० प्रतिशत लाग्ने शुल्कमा छुट दिने निर्णय गरेको अस्पताल विकास समितिका अध्यक्ष डम्बर सिंहले बताए ।

नेपाल सरकारले पत्रकार बिरामी हुँदा ५० प्रतिशत छुट पाउने भनेर घोषणा गरेको भएतापनि लागू भएको थिएन । यस कार्यले नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाका सदस्यहरू र यसबाहेक विभिन्न मिडियामा आबद्ध क्रियाशील पत्रकारहरु लाभान्वित हुनेछन् । जिल्लामा ५० शैया रहेको अस्पतालमा नेपाल पत्रकार महासघंलाई लिखित रुपमा जानकारी गराएको अस्पताल स्वास्थ सेवा कार्यालयका प्रमुख नवराज कंडेलले जानकारी दिए ।जिल्लामा रहेका कृयाशिल पत्रकारहरुको विवरण माग गरिएको छ ।जसमा व्यक्तिगत विवरण,आबद्ध रहेको संस्था मेल आइडीको बिवरण भरि पठाउन सुचना समेत गरेको कडेलले बताए । महासघंमा आबद्ध रहेका क्रियाशिल पत्रकार ,सञ्चारकर्मीको विवरण भरेर पठाउन समन्वय गरिरहेको महासघंका अध्यक्ष बाल कुमार शर्माले जानकारी दिए ।

bhumi-sanrakshyan
lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya