April 26 - 2024, Friday१३ बैशाख २०८१, बिहीबार

बाल दिवस २०७९ः बालसरोकारका विषयमा ‘बालकचहरी’ !

प्रवाह संवाददाता । जाजरकोट

‘बालमैत्रि समाजको आधार ः जिम्मेवार परिवार,उत्तरदायीसरकार’ भन्न्ो नाराका साथ राष्टिय वाल दिवश २०७९ विभिन्न कार्यक्रम गरि मनाइएको छ ।
जस अन्तरगत भेरी नगरपालिका स्तरिय नगर वाल संजालले वालकचहरी गरि कार्यक्रम मनाइएको छ । भेरी नगरपालिकामा नगरस्तरीय वाल संजाल ले वाल कचहरी आर्फत आफ्ना बाल अधिकारका ४ वटा क्षेत्र . बाँच्न पाउने अधिकार, संरक्षणको अधिकार, विकासको अधिकार र सहभागिताको अधिकार ) मा भोग्नु परेका समस्या तथा देखिएका सवालहरुको सरोकारवालाहरु सँग राखेका छन ।

उपस्थीत सरोकारवालाहरुले बालबालिकाहरुले उठाएका सवालहरुलाई पुरा गर्ने प्रतिवद्धता जनाएका छन । बालकचहरी मार्फत बालबालिकाहरुले आफुहरुले बालमैत्रि पुर्वाधार( शौचालय, डेस्क वेन्च,छात्राहरुको लागि रेस्टरुम ) आदीको नभएको गुनासो राखेका थिए ।

त्यस्तै विद्यालयमा गुणस्तरिय पठनपाठन नहुनु , परिक्षाहरुमा गुणस्तर खस्कदै जानु, सरोकारवालाहरुले विद्यालयमा वेलालेला अनुगमण नगर्नु,बालबाकिाहरु वालश्रम गर्न वाध्य हुनु, बुवा विदेस गएका कतिपय आमाहरु ल्ो दोस्रो विवाह गरेर जाँदा वालवालिका विचल्लीमा पर्नु, समस्या राखेका थिए ।

अपाँगता भएका वालवालिकाहरुको लागि विशेस व्यवस्था गर्नुको साटो हेलाको दृष्टिकोणले हेरिनु,बालविवाहलाई नियन्त्रण गर्न नसक्नु,वालवालिकाहरु लाई दुव्र्यसन वाट जोगाउन,समाजमा वालिकाहरु वलात्कृत भइरहने र त्यसको प्रभावकारी रुपमा अनुसन्धान हुन नसक्नु,विद्यालयमा प्रयाप्त मात्रामा खेलकुदका सामाग्रीहरु उपलव्ध हुन नसक्नु आदी सवालहरु उठाएका थिए ।

जसमा जिल्ला समन्वय समितिका प्रमुख काली वहादुर खत्री, भेरी नगरपालिकाका उपप्रमुख सीता जैसी, जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी सन्तोष कुमार निरौला, स्वास्थ्य सेवा कार्यालयका प्रमुख नवराज कँडेल, लगायत जनप्रतिनिधिज्यूहरु र सरोकारवालाहरुले वालवालिकाका सवालको जवाफ दिनु भएको थियो ।

कार्यक्रमको सहजीकरण पहाडी क्षेत्र विकास अभियानका बीनोद पोखरेल र यार्सन जाजरकोटका जिल्ला कार्यक्रम संयोजक सहदेव बस्नेतले गर्नु भएको थियो । कार्यक्रम भेरी नगरपालिका , भेरी नगरस्तरिय वाल संजाल को आयोजना, सेभ द चिल्ड्रेन,पहाडीक्षेत्र विकास अभियानको आर्थिक सहयोग र र यार्सन जाजरकोटको बालबालिका तथा युवा सशक्तिकरण परियोजनाको समन्वय तथा साझेदारिमा भएको थियो । कार्यक्रमको अध्यक्षता नगरस्तरिय वाल संजालका अध्यक्ष कविता वली ले गर्नु भएको थियो भने संचालन नगर वाल संजालका सचिव वली ले गर्नु भएको थियो ।

बाल दिवसकै अवसरमा भेरी नगरपालिका १ स्थीत श्री वाग्यस्वरी आधारभुत विद्यालय पीपेमा पनि मनाइएको छ । कारितास अष्ट्रेलिया, अष्ट्रेलियन एड, को सहयोगमा कारितास नेपाल र युवा जागरण विकास केन्द्र नेपाल – यार्सन ) जाजरकोटको साझेदारीमा सन्चालित नेपाल जीवीकोपार्जन तथा उत्थानशीलता कार्यक्रम NLRP – अन्तरगत – बालबालिका तथा युवा सशक्तिकरण, CYEP अन्तरगत वाग्यस्वरी आधारभुत विद्यालय पीपेमा भेरी नमुना शान्ति बाल क्लव , भेरी नगरपालिका १ नंवर वडा कार्यालय सँगको समन्वयमा बाल दिवसको अवसरमा र्याली र हाजीरी जवाफ प्रतियोगिता गरि सम्पन्न गरिएको छ । हाजीरी जवाफ प्रतियोगितामा स्थान प्राप्त बालबालिकाहरु लाई पुरुूकार समेत वितरन गरिएको थियो ।

यस्तै कुशे गाउँपालिकामा पनि विभिन्न कार्यक्रम का साथ बालदिवस मनाइएको छ । कारितास अष्ट्रेलिया, अष्ट्रेलियन एड, को सहयोगमा कारितास नेपाल र युवा जागरण विकास केन्द्र नेपाल – यार्सन ) जाजरकोटको साझेदारीमा सन्चालित नेपाल जीवीकोपार्जन तथा उत्थानशीलता कार्यक्रम (NLRP)   अन्तरगत – बालबालिका तथा युवा सशक्तिकरण परियोजना (CYEP),  पहाडी क्षेत्र विकास अभियान जाजरकोट र सेभ द चिल्डेन, वडा स्तरिय वाल संजाल को साझेदारिमा श्री थर्पु मावि. ढिमे मा बालबालिका सँग वडा अध्यक्ष अन्तरकृया कार्यक्रम गरि मनाइएको छ । उक्त कार्यक्रममा वडा नं ५ का वडा अध्यक्ष लगायतका सदस्यहरु र बालबालिका विच अन्तरक्रिया भएको छ ।

जसमा बालबालिकाहरुले आफ्ना सवालहरु ज्नप्रतिनिधिहरु सँग राखेका थिए भने वडा अध्यक्ष ले त्यसको जवाफ र आएका सवालहरुको संवोधन गर्ने प्रतिवद्धता जनाउनु भएको छ । जसमा वलवालिकाहरुले आफ्नो संरक्षण सहभागिता, वालमैत्रि पुर्वाधार, बालक्लवमा खेलकुद तथा स्वास्थ्य सचेतना,आदी उठाएका थिए ।

त्यस्तै नेपाल राष्टिय मा.वि . समाकोटमा पनि बाल दिवस मनाइएको छ । युवा जागरण विकास केन्द्र नेपाल, कारितास नेपाल , पहाडी क्षेत्र विकास अभियान जाजरकोट र सेभ द चिल्डेन,पहाडी क्षेत्र विकास अभियानको साझेदारिमा विद्यालयमा वक्तृत्व तथा हाजीरी जवाफ गरि कार्यक्रम मनाइएको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad