March 29 - 2024, Friday१६ चैत्र २०८०, शुक्रबार

कोभिड प्रभावित विपन्न परिवारलाई रेडक्रसको नगद सहयोग

प्रवाह संवाददाता । जाजरकोट
जाजरकोट नलगाडका कोभिड प्रभावित विपन्न परिवारलाई नेपाल रेडक्रस सोसाईटीले ब्यवसाय संचलनमा सहयोग पुर्याउन नगद सहयोग गरेको छ । प्रतिपरिवार २५ हजार रुपैयाका दरले १३ परिवारलाई नगद सहयोग गरिएको रेडक्रसले जनाएको छ ।

कोभिडबाट प्रभावित विपन्न परिवारलाई आयमुलक ब्यवसाय संचालन गरि आयआर्जन बृद्धि गर्न र जीविकोपार्जनमा टेवा पुरयाउने उद्देश्यले नगद रकम सहयोग गरिएको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका सभापति हरिबहादुर बस्नेतले बताए । रेडक्रसको अन्तर्राष्ट्रिय महासंघका प्रतिनिधी खेमराज नेपाल र कोभिड १९ पूर्वतयारी तथाा प्रतिकार्य कार्यक्रमका कर्णाली प्रदेश संयोजक निर्मल पौडेल, रेडक्रस सोसाईटी जिल्ला शाखाका सभापति बस्नेत लगायतले शुक्रवार लक्षित बर्गलाई चेक हस्तान्तरण गरेका थिए ।


नलगाड नगरपालिका ३ का तिलबहादुर कामी, वडा नम्बर ६ का पुर्णबहादुर खड्का, वडा नम्बर १ का भगवति नेपाली, वडा नम्बर ७ का कमल बादी र वडा नम्बर २ का हिरा कामीलाई जनही २५ हजारका दरले चेक हस्तान्तरण गरिएको थियो । कार्यक्रम अनुगमणका लागि केन्द्र र प्रदेशबाट आएको टोलीले जिल्लाको भेरी त्रिवेणी माविको अनुगमण गरेका छ । आइएफआरसीका प्रतिनिधी नेपालले थोरै भएपनि रेडक्रसले गरेको सहयोगले ब्यवसाय संचालन गरि आय बृद्धिमा टेवा पुगोस भन्ने हाम्रो चाहना हो । यो सहयोगलाई सही सदुपयोग गर्नु हुन आग्रह गर्दछु नेपालले भने ।


रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ (IFRC) को आर्थिक सहयोग, नेपाल रेडक्रस सोसाईटी केन्द्रीय कार्यालयको समन्वय र नेपाल रेडक्रस सोसाईटी कर्णाली प्रदेशको कोभिड–१९ पुर्व तयारी तथा प्रतिकार्य कार्यक्रम कार्यक्रम भित्रको सामाजिक आर्थिक गतिविधिहरू अन्र्तगत ति परिवारलाई आर्थिक सहयोग गरिएको सभापति बस्नेतले बताए । नलगाडका विभिन्न वडाका ६ परिवार र भेरी नगरपालिकाको वडा नम्बर १ का ७ जनालाई उक्त कार्यक्रममा समेटिएको उनले बताए । नलगाडका ५ जनालाई शुक्रवार नगद वितरण गरिएको छ भने भेरीका परिवारलाई केही दिनमै वितरण गरिने कार्यक्रम संयोजक भीमबहादुर सावदले बताए ।आर्थिक सामाजिक कार्यक्रम अन्र्तगत नलगाड नगरपालिकाका १२ जनालाई ४५ दिने आधारभुत हाउस वाईरिङ दिईएको उनले बताए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad