March 28 - 2024, Thursday१५ चैत्र २०८०, बिहीबार

रेडक्रस द्धारा विद्यालयमा सामाग्री वितरण

प्रवाह संवाददाता । जाजरकोट

रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ आईएफआरसी को आर्थिक सहयोग, नेपाल रेडक्रस सोसाईटी केन्द्रीय कार्यालयको समन्वय र नेपाल रेडक्रस सोसाईटी कर्णाली प्रदेशको कोभिड(१९ पुर्व तयारी तथा प्रतिकार्य कार्यक्रम अन्र्तगत जाजरकोटमा विद्यार्थीहरुलाई शैक्षिक सामग्री र सरसफाई किट वितरण गरिएको छ । शुक्रवार जाजरकोट भेरी नगरपालिका १ रिम्ना स्थित भेरी त्रिवेणी माध्यमिक विद्यालयका छात्रछात्रालाई उक्त सामग्री वितरण गरिएको हो ।
उक्त विद्यालयका ३४ जना विपन्न बालबालिकालाई झोला, स्कुल पोशाक, कापि १ दर्जन, डटपेन १ दर्जन, सिसाकलम १ दर्जन, ज्यामिति बक्स, बोटल र रुमाल प्रदान गरिएको कार्यक्रमका फोकल ब्यक्ति भीम बहादुर साउदले बताए । विद्यालयलाई सरसफाई सम्बन्धिमा सामाग्रीहरु पनि वितरण गरिएको थियो । जसमा ब्रस, हारपिक, फिनायल, साबुन, टायल, डष्टविन, फिल्टर, स्यानेटरी प्याड, टाबेल, नेलकटर, ग्लोब, फोहोर जलाउन भाडा, ऐना, बाल्टिन, माकस, स्यानेटाईजर प्रदान गरिएको छ । त्यस्तै विद्यालयका ४० जना किशोरीलाई महिनाबारी स्वच्छता सम्बन्धि सामाग्री पनि वितरण गरीएको थियो ।
जिल्लाको छेडागाड नगरपालिका, कुशे गाउँपालिका, भेरी नगरपालिका, नलगाड नगरपालिका र बारेकोट गाउँपालिका विभित्र गतिविधिहरू गदै आईरहेको छ । त्यसै कार्यक्रम भित्रको सामाजिक आर्थिक गतिविधिहरू जिल्लाका तीन वटा विद्यालय जस अन्तर्गत भेरी नगरपालिका १ मा रहेको भेरी त्रिवेणी मावि रिम्ना, नलगाड नगरपालिकामा ३ मा रहेको सुर्यादय मावि कैना र बारेकोट गाउँपालिकामा रहेको विरेन्द्र ऐेश्वय मावि लिम्सामा अध्ययनरत एक सय विद्यार्थीलाई प्रदान गरिनेछ ।


जिल्लामा विषेश गरि कोभिड(१९ को खोपबारे जनस्थरमा चेतना जगाउनका साथै सरकारले ल्याएको ूखोप र खोपू अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाउन सहयोगी निकायका रूपमा कार्य गरिरहेको छ ।

विद्यलायमा रेडक्रसबाट संचालन भएको कार्यक्रमले विद्यालथिहरुले र शिक्षक शिक्षिकाले निकै नै लाभ लिएको र आगामी दिनमा सरसफाईको क्षेत्रमा विद्यालयले नै अग्रसर भई विद्यार्थि लगाएको सरसफाईमा ध्यान दिनलाई कोभिड १९ को जोखिमबाट बच्नलाई मदत पुग्ने भेरी त्रिवेणी माविका शिक्षक रुद्र वलीले बताए ।
भेरी नगरपालिका वडा न. १ का वडा अध्यक्ष एवम वितरण कार्यक्रमको प्रमुख अथितिको आसनबाट बोल्दै दीपक रानाले रेडक्रस जसले विद्यालय मात्रैै नभई समग्र समुदायमा पारेको सकारात्मक प्रभावलाई सबैले मनन् गर्नेपर्ने बताए । आगामी दिनका रेडक्रसका कार्यले थप मानविय कार्यमा आफुलाई विपदको साथिका रुपमा अगाडि बढाउन वडाध्यक्ष रानाले आग्रह गरे । भेरी त्रिवेणी माविमा निमित्त प्रधानाध्यापक प्रेम पुनको अध्यक्षतामा सुरु भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी जाजरकाटे शाखाका सभापति हरिबहादुर बस्नेत, मन्त्री धिरेन्द्र बहादुर शाह, कोषाध्यक्ष राजेन्द्र बहादुर कार्की र सदस्य सहदेव बस्नेतको पनि उपस्थिति रहेको कार्यक्रमको संचालन सोहि विद्यालयका शिक्षक रुद्र ओलीले गर्नु भएको थियो । बाकी दुईवटा विद्यालयमा चाँडै सामग्री हस्तान्तर गरिने रेडक्रसले जनाएको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad