आठ बर्ष पछि फरार प्रतिवादी महिला पक्राउ

राजेन्द्र कार्की । जाजरकोट

लागु औषध मुद्धामा आठ बर्ष देखि फरार रहेकी जाजरकोटकी एक महिला पक्राउ परेकी छन् । जिल्लाको नलगाड नगरपालिका ३ बस्ने ६७ बर्षिया ओमकुमारी थापालाई प्रहरीले पक्राउ गरेको हो ।

लागु औषध चरेश मुद्धामा जिल्ला अदालत बाँकेको २०७१ मंसिर २५ गतेको फैसला आदेश अनुसार उनलाई एक बर्ष तीन महिना कैद सजाय तोकिएको थियो । तर उनी फरार हुँदै आएकी थिईन । गोप्य सुचनाका आधारमा इलाका प्रहरी कार्यालय दल्लीबाट खटिएको प्रहरीले घरमै लुकीछिपी बसेको अवस्थामा फेला पारेको थियो । पक्राउ परेकी थापालाई जिल्ला अदालतमा उपस्थित गराई आइतवार नै अदालतको आदेशमा कारागार चलान गरिएको जिल्ला प्रहरी प्रमुख डिएस्पी सन्तोष निरौलाले बताए ।

bhumi-sanrakshyan
lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya