जटिल अवस्थाकी गर्भवतीको हवाई उद्दार

टुकमाया घर्ती । जाजरकोट

चार दिन देखि सुत्केरी वेथाले छट्पटाइरहेकी जाजरकोटकी एक गर्भवति महिलाको हेलिकप्टरबाट उद्दार गरिएको छ । जिल्लाको नलगाड नगरपालिका– ८, लुपानाकी २७ बर्षिया लक्ष्मी वलीको हवाई उद्धार गरिएको हो । दल्लीबाट हवाई उद्दार गरेर प्रदेश अस्पताल सुर्खेत लगिएको छ ।

लक्ष्मीको गर्भमा रहेका जुम्ल्याहा बच्चा मध्य एक बच्चाको पेटमै मृत्यु भएपछि उनको अवस्था जटिल भएको नलगाड स्वास्थ्य शाखाका प्रमुख प्रचण्ड कार्कीले बताए । अवस्था जटिल भएपछि उनलाई शुक्रवार प्राथमिक स्वास्थ्य केन्द्र दल्लीमा ल्याईएको थियो । तर प्राथमिक स्वास्थ्य केन्द्रमा पनि सुत्केरी गराउन नसकिएपछि रिर्फर गरिएको थियो ।

bhumi-sanrakshyan

स्वास्थ्य संस्थामा पेटमा रहेका बच्चा निकाल्न नसेको र अवस्था जटिल भएपछि तत्काल सुविधा सम्पन्न अस्पताल लैजान सिफारिस गरिएको स्वास्थ्य शाखा प्रमुख कार्कीले बताए । स्थानियको आग्रहमा पत्रकार प्रकाश पन्त र जाजरकोटका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीको पहलमा राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट हवाई उद्धार गरिएको हो । नेपाली सेनाको हेलिकोप्टरले शनिवार विहान लक्ष्मीलाई उद्धार गरेर प्रदेश अस्पताल सुर्खेत लगेको नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहले बताईन ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya