जाजरकोट प्रदेश ख मा काँग्रेसबाट विसी सर्वसम्मत उम्मेदवार

राजेन्द्र कार्की । जाजरकोट

नेपाली काँग्रेस जाजरकोटका उपसभापति खडक विसी जाजरकोटबाट प्रदेश सभा सदस्य ख बाट प्रत्यक्ष तर्फ उम्मेदवार सिफारिस भएका छन् । आगामी २०७९ मंसिर ४ गते सम्पन्न हुने प्रदेश सभाको निर्वाचनमा जाजरकोट (ख) बाट नेपाली काँग्रेस पार्टीको तर्फबाट प्रदेश सभा सदस्यमा प्रत्यक्ष उम्मेदवारका रुपमा सर्वसम्मत(एकल नाम) सिफारिस गरिएको क्षेत्रिय सभापति जनकराज शर्माले बताए । शुक्रवार छेडागाडको थलहमा बसेको क्षेत्रिय कार्यसमितिको बैठकले उपसभापति विसीलाई सर्वसहमतिमा एकल नाम सिफारिस गरेको हो । विसी नेपाली काँग्रेस जाजरकोटको अनुशासन समितिका संयोजक पनि हुन् ।

२०५६ सालमा विरेन्द्र मावि जुँगाथापाचौरमा मावि एकाइ समितिमा रहेर विद्यार्थी छँदै राजनितिमा होमिएका युवा नेता विसी २०६४ सालमा नेपाल विद्यार्थी संघ जाजरकोटको सचिव, १२ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधी, १३ औं महाधिवेशनमा पार्टी सचिव र १४ औं महाधिवेशन अन्र्तगत भएको जिल्ला अधिवेशनबाट नेपाली काँग्रेस जाजरकोटको उपसभापति हुन सफल भएका थिए ।

bhumi-sanrakshyan

स्नाकोत्तर तह सम्म अध्ययन गरेका विसी मिठो बोली, नरम स्वभाव र सवै सँग घुलमिल हुन सक्ने बौद्धिक क्षमता राख्ने जाजरकोटका युवा नेतामा पर्छन । २०७४ सालमा भएको स्थानिय चुनावमा शिवालय गाँउपालिकामा थोरै मतान्तरले गाँउपालिका अध्यक्षमा पराजित हुन पुगेका नेता विसी केही समय पछि हुने प्रदेश सभाका चुनावमा निर्वाचित भएर जिल्लाको सेवा गर्ने उनको चाहना छ ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya