April 27 - 2024, Saturday१४ बैशाख २०८१, शुक्रबार

नलगाडको पिपलचौर पहिरोको उच्च जोखिममा

प्रवाह प्रवाददाता । जाजरकोट

जाजरकोटको नलगाड नगरपालिका ४ को पिपलचौरका प्रेमबहादुर रावल ठुलो पानी परेको दिन रातभर सुत्दैनन् । पहिरो खस्ने डरले जाग्राम बसेर रात काट्छौ रावलले भने–‘पहिरोले बस्ती नै जोखिममा छ । छोडेर काँहा जाउँ अन्त जाने ठाउँ पनि छैन । जोखिम मोलेरै बस्न बाध्य छौ ।’ बस्ती पहिरोको उच्च जोखिममा परेको छ । बस्ती नजिकैको गाँरेखोलाको कटान तथापहिरोले एक साथ क्षती गर्न थालेपछि पिपलचौर बस्ती उच्च जोखिममा परेको हो । रावल जस्तै दर्जन बढी घर पहिरोको उच्च जोखिममा छन् ।

पहिरो तथा खहरे खोलाको कटानले गर्दा बस्ती पिपलचौर बस्ती जोखिममा परेको स्थानीय रविन्द्र गौतमले बताउनु भएको छ । कालिमाटी सिर्के सडक निर्माण गर्दा यसको असर परेको गौतमले बताए । सडक निर्माणको समयमा थुपारेको माटो पानीले बगायो, खोलो बन्यो र कटान थाल्यो, त्यसले गर्दा अहिले आएर बस्ती नै धराममा परेको छ, उनले भने । पहिरो रोकथाम तथा नियन्त्रण समयमै गरिएन भने यसबाट ठुलो क्षती पुग्ने छ, गौतमले भने । सानो पानीपर्दा पहिरो जान्छ । यसबाट यहाँका मकबहादुर सिंह, सन्देश रावल, प्रेमबहादुर रावल, कलम रावल, सत्यलालगौतम, कल्पनापन्त, मनबहादुर खत्री लगाएतका घर जन कल्यान आधारभुत विद्यालय जोखिममा रहेका छन ।

पहिरो रोकथाम तथा नियन्त्रण तर्फ कतैबाट पनि पहल हुन सकेको छैन पिपलचौरका राजेन्द्र रावलले बताए । यो पहिरो रोकथाम गरिएन भने यसबाट यहाँको उब्जाउ जमिन बगेर जाने खतरा छ, रावलले भने । पहिरोले गर्दा यहाँका मान्छेहरु त्रासमा छन । स्थानीय सत्यलाल गौतमले पहिरोले आफ्नो जग्गा नै गइ सकेको बताए । यो सबै रोडको कारण भएको उनले भने । यो रोकथाम र नियन्त्रण कसरी हुन्छ सबैले एक पटक सोचौं, जालीको व्यवस्थापनगर्न सकेमा बस्ती जोगाउन सकिन्छ कि नत्रभने गाह्रो छ उनले भने । वडा तथा नगर सरकारले पिपलचौर पहिरोको विषयमा आवश्यक पहल लिनु पर्ने देखिन्छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad