राजेन्द्र कार्की । जाजरकोट
जबरजस्ती करणी मुद्धाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । रुकुम पश्चिम आठविसकोट नगरपालिका ११ निवासी लोकेन्द्रनाथ जोगीलाई जाजरकोट प्रहरीले पक्राउ गरेको हो ।
उच्च अदालत सुर्खेतले जबरजस्ती करणी मुद्धामा गत असार ३१ गते नौ बर्ष कैद र पचास हजार रुपैया सजाय र जरीवानाको फैसला सुनाएको थियो । गोप्य सुचनाका आधारमा खोजतलास गर्दा आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारि जिल्ला अदालत जाजरकोटमा पेश गरि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।


