सामाजिक अभियान्ता कार्की संघिय साँसदका लागि जाजरकोटबाट चुनाव लड्ने

राजेन्द्र कार्की । जाजरकोट
सकारात्मक सोच र जीवन रुपान्तरणका अभियान्ता नरबहादुर कार्कीले युनिसेफको आर्कषक जागिर छोडेर जाजरकोटबाट संघिय साँसदमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले राष्ट्र र राष्ट्रियता जोगाउनका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।

नेपाल पत्रकार महासंघ जाजरकोटले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभा सदस्य पदको लागि स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् । पटक पटक जनतालाई झुक्याउँदै निर्वाचित भएका जनप्रतिनिधीले काम गर्न नसकेको भन्दै नागरिकले विकल्प खोजिरहेको बेला आफु जनताकै साथ र सहयोगमा चुनाव लड्न लागेको र जितेर देखाउने दावी गरेका छन् । उनले देश भष्ट्राचारको दलदलमा फस्नुमा चुनावको बेला हुने अस्वभाविक आर्थिक चलखेल रहेको बताउँदै बरु चुनाव हार्न तयार रहेको तर जनतालाई भेडाबाख्रा जस्तै खरीदविक्री नगर्ने बताएका छन् । जनतालाई चुनावमा किनेर त्यही रकम असूल्न भष्ट्राचार हुने गरेको उनले जिकिर गरे । उनले आफुले कँही कतै मोलमोलाई गरेर कसैलाई कुनै गाँउ टोललाई पैसा बाँडेको पुष्टि भए जुनसुकै सजाय भोग्न तयार रहेको बताए । अहिलेका दल फेल हुने अवस्थामा पुगेको उनको भनाइ छ । उनले भने ‘म अहिले कुनै पार्टीमा पनि छैन । म स्वतन्त्र नागरिकको हैसियतमा छु । मलाई विश्वास छ मलाई जाजरकोटी जनताले एक पटक मलाई मौका दिने छन् । र मैले जिल्लाको विकास र राष्ट्र निर्माणमा मेरो बुद्धि र बर्कतले भ्याए सम्म निर्भिक भएर काम गर्नेछु ।’

 

bhumi-sanrakshyan

कार्की अफ्रिकी मुलुक सियरालियोनको संयुक्त राष्ट्रसंघ अन्र्तगत युनिसेफको डेढ वर्ष लामो परामर्श विज्ञको जागिरलाई छोड्दै प्रतिनिधिसभाको निर्वाचनमा उठ्न नेपाल फर्किएको बताए । उनले संयुक्त राष्ट्रसंघका लागि अपगानिस्तान, बंगलादेश, इराक लगायतका मुलुकमा काम गरिसकेका छन्।

उम्मेदवारी घोषणा गर्दै छेडागाड नगरपालिका–१२ को कार्कीगाउँमा जन्मिएर कार्कीगाउँमै हुर्की, पढेर अहिले जाजरकोट जिल्लालाई विश्व सामु चिनाउन पाएकोमा आफुलाई गर्वानुभूति हुने गरेको बताउँदै कार्कीले जिल्लाको सामाजिक तथा सांस्कृतिक रुपान्तरण र पूर्वाधार विकासमा योगदान गर्न जाजरकोट जिल्लाबाट जनअनुमोदित हुन चाहिरहेको बताए । केही समयमै लिखित रुपमा आफ्ना प्रतिवद्धता र घोषणा पत्र सार्वजनिक गर्ने उनको भनाई छ ।

जाजरकोटमा प्रतिनिधी सभाका लागि गठबन्धनबाट माओवादीका शक्ति बस्नेत वा काँग्रेसका राजिव शाह मध्य एक जना र एमालेबाट निरज आचार्य र डम्बर सिंह मध्य एक जना भिड्ने छन् । गठबन्धन र एमालेका उम्मेदवारलाई टक्कर दिने गरि सामाजिक अभियान्ता कार्कीले चुनावी छलफल र अभियान अघि बढाएका छन् ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya