पहिरो जाँदा स्थानीयको मकै खेतीबाली नष्ट

टुकमाया घर्ती । जाजरकोट

जाजरकोटको नलगाड नगरपालिका वडा नं. ४ माँझगाउँमाबाढी पहिरोले मकै खेती नष्टपारेको छ । गत ७ गते साँझ ६ः ३० बजेको समयमा फुलचाउँली मायाडाडाँबाट भलपानीगाउँ पसेर नाउला खोलामा पहिरो गएको हो । पहिरोले स्थानीय केशबवहादुर रावल, पलबहादुर रावल, जयबहादुर रावल, लोकेन्द्र रावल र धनबहादुर रावलको बारीको ५ रोपनीजग्गामालगाएको मकैबाली नष्ट पारेको वडा अध्यक्ष बद्री पन्तले बताए ।

पहिरोले केशब रावलको चर्पि,चल्लाखोर, किबी, अलैची,कागती, सुन्तोला लगाएत फलफुलका विरुवा पनि नष्ट गरेको छ, पन्तले भने । पहिलोले पाक्नै लागेको मकै सखाप पारे पछि मकै लगाएका स्थानीयचिन्तामा परेका छन । दुख गरेर लगाएको मकैबाली पहिरोले नोक्सानपारेपछि के खाएर परिवार पाल्ले पलबहादुर रावलले गुनासो गरे । परिवार पाल्ले यहि एउटा मकै खेतीहो यो नै सखाप भएपछि आफुहरु समस्यामा परेको उनले बताए ।

bhumi-sanrakshyan

गाउँमाथि रहेको वन क्षेत्र अतिक्रमणको चपेटामा परेकोतथाजथाभावी सडक खन्दागाउँमै सिधै भलपानी आएको हो । यसबाट पुरैगाउँ जोखिममा पर्ने खतरा बढेको छ । देवताथान र मायाडाडा गरी दुई स्थानबाट भलपानीसिधै गाउँआएको स्थानीय कालिबहादुर थापाले बताए । गाउँमाथिको हरियालीवन क्षेत्र सबै उजाड भयो, अतिक्रमण गरेर जथाभावी जग्गा बनाउने कामभयो, दुई तिरबाट सडक खन्ने कामभयो त्यहीभएर गाउँमाथिको भलपानी सानो पानीपर्दा गाउँ पसिहाल्छ, यसलाई समयमै रोकथाम गरिएनभने भेरीखर्क, माँझगाउँ, सार्कीबारा, नाउला खोला लगाएत बस्ती जोखिममा पर्ने खतरा छ, थापाले भने । सबै मिलेर वनको संरक्षण गर्ने होइनभने हाम्रो बसाइहुदै थापाले भने ।

वडा पन्तले अतिक्रमण गरेर जथाभावी जग्गा बनाउने कामरोक्ने र वन क्षेत्र संरक्षण गर्ने कामभएन भने बस्ती जोखिममा पर्ने बताए । यसलाई रोकथाम गर्ने काम हुन्छ, वडा सरकार लागि रहेको छ, अध्यक्षपन्तले बताए । पहिरोबाट क्षेतीभएको मकैबाली पिडित स्थानीयलाई आबश्यक राहतको लागिपहल गर्ने अध्यक्षपन्तको भनाई छ । प्रहरी मुचुल्का बनाउन भनेर ८ गते नै प्रहरी कार्यालय दल्लीलाई वडाबाट जानकारी गराइ सकिएको छ । मुचुल्कातयार पारेर नगरपालिकामा राहतको लागिपहलगर्नेपन्तले बताए ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya