जाजरकोटको नलगाड नगरपालिका पुर्ण खोप सुनिश्चित पालिका घोषणा

प्रवाह संवाददाता । जाजरकोट

जाजरकोटको नलगाड नगरपालिकालाई पुर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको छ । १६ देखि २३ महिना सम्मका बालबालिकाले १५ महिना भित्र पुर्ण खोप पाएको सुनिश्चित भएपछि नलगाड नगरपालिकालाई पुर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।


उक्त उमेर समुहका नलगाडका ६ सय ६४ जना बालबालिकाले ११ प्रकारका खोप लगाएको पाईएपछि जिल्ला खोप समन्वय समिति जाजरकोटले पुर्ण खोप सुनिश्चित पालिका घोषणा गर्ने निर्णय गरे अनुसार विहिवार एक समारोहका विच पुर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको नलगाड नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मानबहादुर गिरीले बताए । घोषणा कार्यक्रममा नगरप्रमुख डम्बर बहादुर रावत, उपप्रमुख सरिता सिंह, स्वास्थ्य तथा सरसफाई शाखा प्रमुख प्रचण्ड कार्की, स्वास्थ्यकर्मी जया खड्का लगायतको सहभागिता रहेको वडाध्यक्ष बद्री पन्तले बताए ।

bhumi-sanrakshyan
lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya