होटल संचालकलाई प्रहरीले नियोजित रुपमा फसाएको स्थानियको गुनासो

टुकमाया घर्ती । जाजरकोट

केही दिन अघि केही महिलालाई ललाई फकाई देहब्यापारमा लगाउने गरेको आरोपमा प्रक्राउ परेका न्यु थकाली होटलका संचालक ओमकार लोहनियालाई नियोजित रुपमा फसाईएको स्थानियले गुनासो गरेका छन् । भेरी नगरपालिका ३ ठाँटी स्थित रिङरोड टोल विकास समितिले पत्रकार सम्मेलन गरि स्थानियले उक्त गुनासो गरेका हुन् ।

रिङरोड टोल विकास समितिकी अध्यक्ष पार्वती वलीले नियोजित रुपमा ओमकार लोहनीया फसाइएको आरोप लगाएकी छिन् । त्यस ठाउँमा पुरुष नै नभएकोले यो तथ्यहिन भएको छ । जाजरकोट व्यवसायीले गरेर खान पाउनुपर्ने भन्ने हो । जेष्ठ नागरिक गणेश शाहीले प्रहरी ले पनि वास्तविक कुरा जानकारी नदिएर हस्ताक्षर गराइएको आरोप लगाएका छन् । भेरी नगरपालिका ३ खुल्ला सदस्य जनप्रतिनिधिको गम्म कुमारी शाहले आफुलाई खाली पानामा दस्तखत गराइएको आरोप लगाइएकी छन् ।

bhumi-sanrakshyan

बिरामी भएकोले हस्पिटल गएका थियौं । दुई जना महिला आएर नास्ता खाईन्।अस्पतालबाट आएको औषधी खानको लागि नास्ता खान आएको भनेपछि आफुले चाउमिन दिएको हुँ । नास्ता खानेबित्तिकै भ्यानमा प्रहरी आएर आफ्नो श्रीमानलाई लगेको लोहनियाकी श्रीमती रेष्मा लोहनियाले भनिन् । लोहनियाका दुई सन्तान रहेका छन् ।नेपालगञ्जमा बसोबास गर्ने लोहनिया दम्पतीलाई नेपाली भाषा समेत बोल्न राम्रोसँग आउदैन् ।नेपाली भाषा बोल्न नजान्ने मानिसले कसरी ललाईफकाई गर्छ । वाणिज्य सघंका अध्यक्ष कर्ण बहादुर खत्रीेले प्रश्न गर्दै भने पुरुष नै भएकोले यो तथ्य हिन छ । हामी एउटै टोलमा बस्छौ । त्यस्तो केही भए त यस्को बिषयमा हामी पहिले बोल्थ्यौ । तर तेस्रो केही नभएको उनले भने । अनुसन्धान लोहनियालाई मानव बेचविखन सम्बन्धी कसुरमा मुद्धा चलाउने आधार के हुन् ?के साँच्चै उनले ति महिलाहरुलाई ललाई फकाई गरेरै बेश्याबृत्ति(देहब्यापार)मा लगाएका हुन् त ? फोन गर्ने वित्तिकै सम्पर्कमा आउने । यौनब्यापार गर्न पनि तयार हुने र एक हजार पनि लिईहाल्ने । अनि ललाई फकाई गरेर हामीलाई यौन ब्यापारमा लगाए भन्न पाईन्छ ? प्रहरीले पनि ति महिलालाई कारवाही गर्नको सट्टा । होटल साहुलाई फसाउनकै लागि उल्टै महिलालाई निवेदन दिन लगाएर मुद्धा दर्ता गर्न मिल्छ ? ति महिला र महिला भोग्य पुरुष निर्दोष छन् त ? । कि त यौनब्यापार भैरहेको भए होटलमै प्रहरीले रंगेहात पक्रन सक्नु पथ्र्यो, खत्रीले भने।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya