कविता–‘सुन’–रश्मी राई

सुन…
अवदेखि तिमीले मलाई
सुन, भनेर नबोलाउनु
तिमीले सुन भन्दा
र मैले सुन्दा
आफूलाई प्रेमील बनाएकी छु।
हर्शित पाएकी छु।
तिमिलाई तिमी बाटै
तिमी बनाएकी छु ।।
सुन्यौ, ..
अवदेखि तिमीले मलाई
सुन,भनेर नबोलाउनु ।
सुन भन्दा र सुन्दा को
तादम्यता नमिल्दा
आफैंलाई कल्पित पाएकी छु ।
कमजोर अनि लाचार बनाएकी छु
विन्ती छ ।
अबदेखि तिमीले मलाई
सुन, .. भनेर नबोलाउनु ।।
गल्ती को कुरा नगर्नु हजुर,
मायामा सब जायज छ।
यो पनि त्यै सुन, भन्दाखेरि
सुनेको याद छ।।
अनि नसुन्दा को तिम्रो
त्यो अभिनय पनि याद छ ।।
सुन्यौ.. अवदेखि फेरि
सुन, भनेर नबोलाउनु ।।।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya