५२ वर्षपछि इटाली युरोपियन च्याम्पियन

lagu ausadhi biruddha abhiyan jajarkot

लन्डन : युरोकप–२०२० को च्याम्पियन इटाली बनेको छ । सोमबार राति भएको फाइनलमा इटालीले इङ्ग्ल्यान्डलाई टाइब्रेकरमा ३–२ गोलले पराजित गर्दै ५२ वर्षपछि दोस्रोपटक उपाधि उचालेको हो ।

यसअघि इटालीले सन् १९६८ मा घरेलु मैदानमा उपाधि जितेको थियो ।

इङ्ल्यान्डको लन्डनस्थित वेम्ब्ली रंगशालामा भएको खेलमा निर्धारित ९० मिनेट र थपिएको समयमा १–१ बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

टाइब्रेकरमा इङ्ग्ल्यान्डका गोलरक्षक जोर्डन पिकफोर्डले इटालीको दुई वटा प्रहार बचाएका थिए । तर तीन जना खेलाडी गोल गर्नबाट चुकेपछि इटाली युरोपियन च्याम्पियन बनेको हो ।

खेलको सुरुवाती दोस्रो मिनेटमै इङ्ग्ल्यान्डले अग्रता लिएको थियो । उसका लागि ल्युक शले गोल गरेका थिए । तर दोस्रो हाफमा खेलको ६७औं मिनेमा इटालीका लिओनार्दो बोनुचीले बराबरी गोल गरे । त्यसपछि दुवै टिमले गोल थप्न सकेनन् ।

सन् १९६० देखि हरेक ४-४ वर्षमा हुँदै आइरहेको युरोकपको अर्को संस्करण अब जर्मनीले २०२४ मा आयोजना गर्नेछ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad