महिलाको संकास्पद मृत्युु

टुकमाया घर्ती । जाजरकोट

जाजरकोटमा एक २२ बर्षिय महिलाले आत्महत्या गरेकी छन् । तर माइती पक्षले आत्माहत्या नभइ हत्या भएको आरोप लगाएका छन् । भेरी नगरपालिका ४की दिव्या गिरी(बटाला) सोमवार घरमै झुण्डिएको अवस्थामा फेला परेकी हुन् । तर आमा ईश्वरीले आइतबार राती झगडा गरेर छोरीलाई मारेको आरोप लगाएकी छिन् ।

उनले बिबाह गरेको ६ महिना भएको छ । उनी चार महिनाकी गर्भवती थिइन् । प्रेम बिबाह गरेर विवाह बन्धनमा बाँधिएका उनीहरु विच बेलाबेला झगडा भैरहने गरेको माइती पक्षको भनाई छ । तर श्रीमान रञ्जित बटालाले भने कोठामा झुन्डिएर आत्महत्या गरेको बताए आइतबार को दिन रोपाइको आयोजना गरिएको थियो दिव्या नसक्ने भएपछिको घरमै खाना पकाउने सल्लाह भयो साझँ खाना खादै थियौं केही आवाज आयो माथी कोठामा जादा झुन्डिएको अवस्थामा देखेको र बचाउन सकिन्छ कि भनेर तत्काल पासो काटेको तर उनको ज्यान गैसकेको रहेछ बटालाले भने ।

bhumi-sanrakshyan

रुकुमचौरजहारी न.पा.१ माईतीघर भएकी आमा बुवालाई छोरी बिरामी भएकोले घर आउनु भनी खबर गरेका थिए । आमा ईश्वरीले भनिन् छोरी बिरामी भएपछि हतार हतार पैसा बोकेर छोरीकोघर आउदा छोरी मृत अवस्थामा देखे । शनिबार मात्र घरमा रोपाइछ बहिनीलाई रोप्न पठाइदिनु भनेकी छोरी एकदिन पछि कसरी मरि? काम गर्न नसक्ने भनेर परिवारले पनि मानसिक पीडा दिईरहेका थिए भनेर छोरीले भनेकी थिइ । छोरीलाई मारेर झुन्ड्याइको आमाले बताइन् । उनको शवलाई पोष्टमाटमका लागि जिल्ला अस्पताल ल्याइएको छ । मंगलबार पोष्टमार्टम हुनेछ ।

जिल्ला प्रहरी प्रमुख डिएस्पी मधुकुमार थापाले घटनाको प्रकृति हेर्दा आत्महत्या नै भएको बताए । उनले भने हत्या हुन सक्ने कुनै प्रमाण छैन । पोष्ट मार्टम पछि मात्र यथार्थ के हो भन्न सकिएला । तर दिब्याले किन आत्महत्या गर्नु पर्यो त्यो भने अनुसन्धान हुन्छ ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya