गाँउमा पहिरो खसेपछि १३ परिवार विस्थापित

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

अविरल वर्षासँगै आएको पहिरोले भेरी नगरपालिका –२ बाँसपानीका केही घरमा क्षति पुरयाएको र अझै पहिरो जाने सक्ने त्रासले १३ घरपरिवार विस्थापित भएका छन् । विस्थापित परिवार गाँउमा रहेको त्रिभुवन आधाभुत विद्यालयमा आश्रय लिएर बसेका छन् ।

 

पहिरोले पाँच घर क्षति पुरयाएको छ । दर्जन बढी घर उच्च जोखिममा परेका छन् । पहिराले कृष्ण विक, काली कामी, नरजीत वली, वलवीर विक र ठेरो कामीको घरमा क्षति पुगेको स्थानिय बलविर विकले बताए । दुई घर पुर्ण रुपमा क्षति भएका छन् भने तीन घर आंशिक रुपमा क्षति भएको उनले बताए । नरजीत बलीको बाख्रो पहिरोले पुरेको छ । धेरै पानी परेको र पहिरो खस्न थालेपछि बाँसपानीका स्थानियले घर छोडेर ज्यान जोगाएको विकले बताए ।

गाउँ माथिबाट डोजरले सडक खनेका कारण पहिरो खसेको स्थानियको भनाइ छ । सालघारी–तिलिङ्गे सडक निर्माण गर्दा फालेको माटो बगेर पहिरो आएको स्थानीयले बताएका छन् । गाउँमाथि सो सडक निर्माण गरिएका कारण पहिरो आएको र एकै ठाउँमा २ वटा सडकका मोडहरू भएका कारण जमिन कमजोर भइ पहिरो आएको स्थानीय बिर्खबहादुर कार्कीले बताए ।

 

विस्थापित परिवारहरु राती सुत्न विद्यालय जाने र दिउसो काम काज गर्न गाँउमै फर्कने गरेका छन् । पुर्ण रुपमा क्षतिपुगेको घर तत्काल भत्काई उनीहरुलाई जालीको ब्यवस्था गर्नुपर्ने आवश्कता रहेको स्थलगत निरीक्षणका लागि घटनास्थल पुगेका नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति हरिबहादुर बस्नेतले बताए ।

सरोकारवाला सँग सरसल्लाह गरेर विस्थापित परिवारलाई आवश्यक सहयोग गरिने प्रमुख जिल्ला अधिकारी पे्रमप्रसाद देवकोटाले बताए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad