April 19 - 2024, Friday७ बैशाख २०८१, शुक्रबार

भू–संरक्षण दिवसमा बृक्षारोपण

सहदेव बस्नेत । जाजरकोट

४६ औं भू–संरक्षण दिवसको अवसरमा बृक्षारोपण कार्यक्रमगरि मनाइएको छ । बृहतजलाधार व्यवस्थापन केन्द्र कर्णाली जाजरकोट को आयोजनामा भेरी नगरपालिका १ स्याँलापाखा कालेगाउँ सामुदायिक वन उपभोक्ता समुहको जंगलको पहिरो प्रभावित क्षेत्रमा वृक्षारोपण गरिएको हो ।

दिवसको अवसरमा पहिरो प्रभावित क्षेत्रमा भु संरक्षणको लागिबाँश, अम्रीसो, चिउरी, इपील, अमला,सीमलजातका २ शयविरुवाहरु रोपण गरिएको कार्यालयका प्राविधिक तारा प्रशाद खड्का लेबताउनु भयो ।

स्थानीय उपभोक्ताहरुको सहभागितामा गरिएको बृक्षारोपण कार्यक्रममा बोल्दै बृहतजलाधार व्यवस्थापन केन्द्र कर्णालीजाजरकोटका प्रमुख बरिष्ठ अधिकृत श्यामप्रशाद न्यौपानेले भुसंरक्षण को लागि बृक्षारेपण कार्यले प्रभावकारी भूसंरक्षण गर्ने बताउनु भयो । पहाडी इलाकामा वर्षेणी जाने पहिरो संरक्षण को लागि एक मात्र विकल्पको रुपमा वृक्षारोपण कार्य रहेको प्रमुख न्यौपानेको भनाइ रहेको थियो । भूसंरक्षण गर्नु हामी सवैको कर्तव्य रहेकोले यस तर्फ सचेत भएर लाग्न समेत सवैलाई आग्रहगर्नु भएको थियो

कार्यक्रममा स्यालापाखा कालेगाउँ सामुदायिक वनउपभोक्तमा समितिका अध्यक्ष बीर वहादुर बस्नेतले भूसंरक्षण दिवसको अवसरमा आफ्नो वन क्षेत्रमा वृक्षारोपणको कार्यक्रम राखेकोमा कार्यालयलाई समुदायको तर्फवाट धन्यवाद व्यक्त गर्नु भएको थियो ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad