कस्तुरीको बार्षिक समिक्षा कार्यक्रम सम्पन्न

प्रवाह संवाददाता । जाजरकोट

कस्तुरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड जाजरकोटको बार्षिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न भएको छ । सहकारी संस्था मध्य जिल्लामै उत्कृष्ट सहकारीको रुपमा रहेको कस्तुरी बहुउद्देश्यीय सहकारी संस्थाको आर्थिक बर्ष २०७६÷०७७ को प्रगति तथा समिक्षा कार्यक्रम सदरमुकाम खलंगामा शनिवार सम्पन्न भएको हो । सहकारीका प्रवन्धक राजु केसीले गत आवको प्रगति प्रतिवेदन पेश गरेका थिए ।

सहकारी संस्था लिमिटेडका अध्यक्ष शत्रुघनकुमार भडेलको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीले एक बर्षमा गरेका विभिन्न गतिविधीका बारेमा छलफल भएको थियो । कार्यक्रममा सहकारीका उपाध्यक्ष खम्बजंग शाहले मन्तब्य राखेका थिए । सहकारीले हाल सम्म कस्तुरी बोडिङ्ग स्कुल संचालन, कस्तुरी ऋण तथा बचत, कृषि उद्यम, आयआर्जनमुलक कार्यक्रम कृषि उद्यम, दुध डेरी संचालन गरिरहेको छ । दुई हजार बढी सदस्य आवद्ध यस सहकारीको नौ करोड बढी पुँजी परिचालन भएको उपाध्यक्ष शाहले बताए ।

bhumi-sanrakshyan

कस्तुरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले राष्ट्रिय सहकारी महासंघबाट उत्कृष्ट राष्ट्रिय पुरस्कार, डिभिजन सहकारी कार्यालय सुर्खेतबाट क्षेत्रिय उत्कृष्ट पुरस्कार, तत्कालिन कृषि ज्ञान केन्द्र जाजरकोट ५० हजार नगद सहित उत्कृष्ट सहकारी पुरस्कार, आन्तरिक राजश्व कार्यालय नेपालगञ्जबाट उत्कृष्ट करदाता सम्मान लगायतका पुरस्कारबाट सम्मानित संस्थाको थप प्रगति र उन्नतिका बारेमा समिक्षा भएको सहकारीका अध्यक्ष भडेलले बताए ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya