स्याँलागाँउमा श्रृङ्खलाबद्ध हत्याका घटना ः किन अपराधी पत्ता लगाउन सक्दैन प्रहरी ?

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

गत साउन ६ गते भेरी नगरपालिका ३ स्यालाका स्थानिय पठवीर कामीका हत्या भयो । घरमा कोही नभएको मौका छोपी उनको हत्या गरियो । शव घरकै आगनमा भेटियो तर अपराधी अझै पत्ता लाग्न सकेका छैनन् । पिडित परिवारले दिएको किटानी जाहेरी प्रहरीले लिन नमानेपछि घटना थप रहस्यमय बनेको छ । उनीकी एक छोरी माथि गत जेठमा बलत्कारको प्रयास भयो । पिडित परिवारले उजुरी गरे । घटनाका आरोपी जगत सुनारलाई प्रहरीले पक्राउ गरेको छ । अदालतमा मुद्धा विचाराधिन छ ।

पठवीरको हत्या भएको एक साता नपुग्दै पुनः सोही गाँउमा गत साउन १३ गते दुर्पती सुनारको हत्या भयो । उनको शव घर नजिकैको जंगलमा भेटियो । धारिलो हतियार प्रयोग गरि उनको हत्या भएको थियो । तर अहिले सम्म यी दुवै घटनामा एक जना पनि पक्राउ गरेको छैन । एक पछि अर्को श्रृङ्खलाबद्ध हत्याका घटना बढ्दै जाँदा पनि प्रहरीले घटनालाई गंभिर रुपमा पनि लिएको छैन । अनुसन्धान प्रक्रिया निकै फितलो देखिन्छ अधिकारकर्मी पार्वती विकले भनिन ‘अपराधी उम्काउने खेलमा कतै न कतै प्रहरी प्रशासन चुकेको देखिन्छ ।’

यी दुई घटना मात्र होइने तीन बर्ष अघि सोही गाँउका शिवलाल सुनारको हत्या भएको थियो । तर अहिले सम्म प्रहरीले उक्त घटनाका अपराधी पत्ता लगाउन सकेको छैन । सदरमुकाम नजिकैको गाँउमा केही दिनको अन्तरालमा दुई हत्याका घटना र केही बर्ष पहिले गरि तिन जनाको हत्या हुँदा पनि अपराधी पत्ता नलाग्नुको कारण के हो ? किन प्रहरीले सकेन हत्यारा पत्ता लगाउनन अहिले स्याला गाँउमा मात्र होइन जिल्लाभर यही चर्चा, चासो र चिन्ता प्रकट गर्न थालिएको छ । स्याँला गाँउ त्रासमा छ । यी तीनै घटनामा संलग्न अपराधी एउटै त होइन । किन हत्या हुन्छन् । अपराधी पत्ता लाग्दैनन त ? प्रहरीको अनुसन्धानमा पनि गंभिर प्रश्न चिन्ह खडा भएको छ नागरिक अगुवा राजेन्द्र विक्रम शाहले भने ‘निहत्था नागरिकको हत्याको श्रृङ्खला नरोक्ने हो भने अपराधका यस्ता घटना झन् बढ्दै जान्छन् । दण्डहिनता र अपराधका घटना बढ्दै जानु निकै दुखदायी कुरा हो ।’


प्रहरी प्रशासन घटनाबारे मौन रहेको र प्रभावकारी अनुसन्धान गर्न नसकेको इन्सेक प्रतिनिधी दिनेश श्रेष्ठको भनाई छ । प्रहरीले प्रभावकारी अनुसन्धान गरी घटनामा संलग्नलाई कारवाही गर्न नसक्दा गाँउमा असुरक्षाको अवस्था सृजना भएको र गाँउमा त्रास फैलिएको उनले बताए ।

जिल्लाको भेरी नगरपालिका ३ स्यालामा भइरहेका श्रृखलाबद्ध हत्याका घटनाको प्रभावकारी अनुसन्धानका लागि नागरिक समाजले मंगलवार स्थानिय प्रशासनको ध्यानाकर्षण गराईएको छ । केही बर्ष यता एकै गाँउमा तीन जनाको हत्या हुँदा पनि प्रहरीले दोषी पत्ता लगाउन नसकेको र अनुसन्धान पनि प्रभावकारी गर्न नसकेको भन्दै जिल्ला स्थित नागरिक समाजका तर्फबाट स्थानिय प्रशासनको गंभिर ध्यानाकर्षण गराईएको नागरिक अगुवा शाहले बताए ।

यता जिल्ला प्रहरी प्रमुख डिएस्पी किशोर श्रेष्ठले घटनाको सुक्ष्म ढंगले अनुसन्धान भैरहेको दावी गरेका छन् । हत्याका घटनाहरु एक अर्कामा अन्तरसंवन्धित छन् वा छैनन हामी अनुन्धानमै छौ । प्रहरीले अपराधी पत्ता लगाउन कुनै कसर बाँकी राख्दैन डिएस्पी श्रेष्ठले भने ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad