दक्षिण कोरियामा बस्ने नेपालीको बारेकोटका पहिरो पिडितलाई सहयोग

lagu ausadhi biruddha abhiyan jajarkot

सहदेव बस्नेत । कालिमाटी

गत असार २५ गते १४ जनाको मृत्यु र ५ सय वढी परिवार विस्थापित हुने गरी जाजरकोटको वारेकोटमा गएको वाढी पहिरोवाट पिडित परिवारलाई दक्षिण कोरियामा वस्ने कर्णाली प्रदेश वासी नेपालीहरुले खाद्यान्न सहयोग गरेका छन ।

वारेकोट गाउँपालिका मार्फत पिडित जनता सम्म पुग्ने गरि कर्णाली प्रदेश समाज दक्षिण कोरियाले पठाएको ५० क्वीन्टल चामल, चार सय केजी दाल, र दुई सय प्याकेट तेल नलगाड नगरपालिकाको कालीमाटीमा सम्वन्धित गाउँपालिकालाई हस्तान्तरण गरिएको हो ।
दक्षिण कोरियामा स्थापना भएको कर्णाली प्रदेश समाज दक्षिण कोरियाका अध्यक्ष पदम वहादुर वस्नेत ( प्रकाश बस्नेत )र महासचिव भक्तराजनाथ योगी, सुदीप रावतको सक्रियता र दक्षिण कोरियामा रहेका कर्णाली प्रदेशका नेपालीहरुको सहभागितामा जम्मा गरिएको थियो । संकलित रकमवाट उपलव्ध गराइएको उक्त खाद्यान्नलाई पत्रकार एवम सामाजिक कार्यकर्ता सहदेव वस्नेतले समाजको प्रतिनिधिको रुपमा वारेकोट गाउँपालिका अध्यक्ष महेन्द्रवहादुर शाहलाइ हस्तान्तरण गर्नु भएको हो ।

नलगाडको कालीमाटीमा उक्त खाद्य सामाग्री वुझ्दै अध्यक्ष शाहले विदेशमा रहेका नेपालीहरुको ठुलो दिल मार्फत प्राप्त भएको सहयोगलाइ पिडित जनताको संकट टार्नका लागि न्यायपुर्ण ढंगले वितरण गरिने वताउनु भयो । दुर्गम एवम विकट वारेकोटका पिडित जनताको दुखमा साथ दिन सहयोग हात अघि सार्ने दक्षिण कोरियामा रहेका कर्णाली प्रदेशका नेपालीले आफुहरुलाई ठुलो गुण लगाएको अध्यक्ष शाहले वताउनु भयो । वारेकोटको दुखमा दक्षिण कोरियामा वस्ने कर्णाली प्रदेशका नेपालीले गरेको सहयोग निकै मुल्यवान रहेको समेत अध्यक्ष शाह को भनाई रहेको थियो ।

खाद्य सामाग्री हस्तान्तरण गर्दे पत्रकार वस्नेतले कुनै पनि कारणले संकटमा परेका पिडितहरुलाई क्षमता भएका सवैले सहयोग गर्नु मानवीय धर्म भएको वताउनु भयो ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad