प्रभावकारी अनुसन्धानका लागि ध्यानाकर्षण

प्रवाह संवाददाता । जाजरकोट

जिल्लाको भेरी नगरपालिका ३ स्यालामा भइरहेका श्रृखलाबद्ध हत्याका घटनाको प्रभावकारी अनुसन्धानका लागि स्थानिय प्रशासनको ध्यानाकर्षण गराईएको छ । केही बर्ष यता एकै गाँउमा तीन जनाको हत्या हुँदा पनि प्रहरीले दोषी पत्ता लगाउन नसकेको र अनुसन्धान पनि प्रभावकारी हुन नसकेको भन्दै जिल्ला स्थित नागरिक समाजका तर्फबाट स्थानिय प्रशासनको गंभिर ध्यानाकर्षण गराईएको नागरिक अगुवा राजेन्द्र विक्रम शाहले बताए ।

तीन बर्ष अगाडी स्थानिय शिवलाल सुनारको हत्या भएको तर प्रभावकारी अनुसन्धान तथा कारवाही नभएको, गत साउन ६ गते पठवीर कामीको हत्या भएको पिडित परिवारले किटानी जाहेरी दर्ता गर्न खोज्दा प्रहरीले जाहेरी लिन नमानेको पिडित परिवारलाई उल्टै धम्की आएको, गत साउन १३ गते दुर्पती सुनारको हत्या भएको तर अहिले सम्म हत्यारा पत्ता लाग्न नसकेको लगायतका घटनाक्रमका कारण गाँउमा असुरक्षाको अवस्था सृजना भएको भन्दै ध्यानाकर्षण गराईएको इन्सेक प्रतिनिधी दिनेश श्रेष्ठले बताए ।
ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले घटनाको सुक्ष्म ढंगले अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिईसकेको बताए ।

bhumi-sanrakshyan
lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya