पत्रकार खड्का माथि भएको दुब्र्यवहार निन्दनिय, दोषीलाई कारवाही माग

प्रवाह संवाददाता । जाजरकोट

पत्रकार रेशमबहादुर खड्कामाथि विहिवार साँझ गरिएको दुब्र्यवहारको पत्रकार महासंघले विरोध गरेको छ । राष्टिय युवा संघका पुर्व अध्यक्ष दिपेन्द्र शाहीले पत्रकार खड्कालाई समाचार लेखेकै आधारमा दुब्र्यबहार गरेको भन्दै नेपाल पत्रकार महासंघ जाजरकोटले घटनाको निन्दा गरेको छ । महासंघले उक्त घटनाको गंभिर ध्यानाकर्षण भएको भन्दै संलग्नलाई कारवाहीको माग समेत गरेको छ ।

केहि समय अघि भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीमाथिको आक्रमणपछि पत्रकार खड्काले लेखेको युवा संघ जाजरकोटका संयोजक शाही प्रहरी नियन्त्रणमा भन्ने शिर्षकको समाचारको विषयमा संघका पुर्व अध्यक्ष शाहीले खलंगाको शान्ति चौतारामा हातपातको प्रयास गरेको भन्दै घटनाको निन्दा गरेको हो । समाचारमा चित्त नवुझे कानुनी उपचार खोज्ने वाटो हुदा हुदै पत्रकारलाइ भौतिक आक्रमणको प्रयास गर्नु निन्दनीय भएको भन्दै विज्ञप्तीमा दोषीलाइ कारवाहिको माग गरिएको छ ।

bhumi-sanrakshyan

 

महासंघ जाजरकोटका अध्यक्ष भीमवहादुर सिंह र सचिव हेमन्त केसीद्धारा संयुक्त रुपमा जारी विज्ञप्तीमा पत्रकारलाइ धम्क्याउने, आक्रमणको प्रयास गर्ने गतिविधिहरु नगर्न सम्वन्धित पक्षलाइ सचेत गराउदै पत्रकार खड्काको सुरक्षाको लागि आवस्यक पहल लिन स्थानीय प्रशासनसंग आग्रह गरिएको छ । । पत्रकार खड्काले समाचारको विषयमा आफुलाइ माफी माग्न भनिएको र माफी नमागेपछि हातपातको प्रयास गरिएको वताए । आफु मोटरसाइकलमा ठाँटीतिर जाँदै गर्दा वाइकको चावी समेत खोसेर धम्क्याएको उनले वताए ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya