बारेकोट पहिरो अपडेट ः बेपत्ता तीनको शव फेला अझै १२ बेपत्ता

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटको बारेकोट गाँउपालिका विभिन्न स्थानमा गएको पहिरोमा परि तीन जनाको मृत्यु भएको छ । १२ जना बेपत्ता भएका छन् । एक जना घाईते भएका छन् । तीन घर पहिरोले पुरेको छ । बारेकोट ४ जिरी सार्कीटोलमा गएराती पहिरो गएर दुई घर बगाउँदा बेपत्ता भएका १२ मध्य तीन जनाको शव फेला परेको छ । मृतकको नाम खुल्न सकेको छैन । पहिरोमा बेपत्ता नौ जनाको खोजी भैरहेको छ ।

गाँउपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत गोविन्दबहादुर सिंहले दिएको जानकारी अनुसार विहिवार राती अविरल बर्षा पछि गएको पहिरोले बारेकोट ४ सार्कीगाँउका गोपाल सार्की र कलु सार्कीको घर बगाउँदा उक्त घटना भएको हो । कुशे गाँउपालिका ९ चौताराबाट पाहुन गएका चार जना पनि घटनामा परि बेपत्ता छन् । प्रहरी घटनास्थल पुगिसकेको छ ।

त्यस्तै बारेकोट ६ धुमाका शान्तबहादुर चलाउनेको घर पहिरोले बगाउँदा उनी सहित घरका तीन जना बेपत्ता भएको प्रहरी नायव उपरिक्षक किशोर श्रेष्ठले बताए । घटनास्थलमा टेलिफोनले नलाग्ने र प्रहरी सञ्चार सेटले समेत काम नगर्दा सुचना संकलनमा समस्या भएको उनले बताए । त्यस्तै बारेकोट ४ का लालबहादुर नेपाली पहिरोमा परि गंभिर घाइते भएका छन् । पहिरोले घर भत्काएको र भाग्ने क्रममा उनी घाइते भएका हुन् । उनको उद्धारका लागी हेलिकोप्टर मगाईएको गाँउपालिका अध्यक्ष महेन्द्र शाहले बताए । गएराती परेको अविरल बर्षातले बारेकोटका विभिन्न बस्ती जोखिममा परेको अध्यक्ष शाहले बताए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad