शिवालय गाउँपालिकामा अध्यक्षकप तथा राष्टपति रनिङ शिल्ड शुरु

प्रवाह संवाददाता । शिवालय

शिवालय गाउँपालिकामा चौथो अध्यक्षकप तथा तेर्हौ राष्टपति रनिङ सिल्ड प्रतियोगिता शुरु भएको छ । गाँउपालिका अध्यक्ष शेरबहादुर शाहीले शुक्रवार रनिङ्ग शिल्डको उद्घाटन गर्नुभएको हो ।

शिवालय गाउँपालिकामा रहेका आठ वटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको छ । विभिन्न साँस्कृतिक झाँकी सहित खेलकुद प्रतियोगितको शुभारम्भ भएको हो ।सो प्रतियोगिता शिवालय गाउँपालिका कवर्ड हल निर्माण स्थलमा संचालन भैरहेको छ ।

bhumi-sanrakshyan

प्रतियोगिता शिवालय गाउँपालिकाले विगत ३ वर्ष यता लगातर आयोजना गर्दै आएकोमा यो कार्यक्रम गाउँपालिकाको लागि चौथो भएको छ । राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सञ्चालन तथा ब्यबस्थापनको लागि संघिय सशर्त अनुदान स्वरुप रु १ लाख रकम स्थानीय तहलाई राज्यले रकम विनियोजित गर्नु सारै अपुग हुने बताउँदै शिक्षा तथा खेलकुद शाखा प्रमुख मानबहादुर बस्नेतले सो कार्यक्रमको ब्यबस्थापन र सञ्चालनार्थ शिवालय गाउँपालिकाले रु ५ लाख थप रकम वार्षिक विकास कार्यक्रम २०७९।०८० बाट छुट्याएको बताउनुभयो ।

सो रनिङ सिल्ड प्रनियोगिता यो वर्ष निर्माणधिन कर्वड हलको मैदान निर्माण स्थलमा सञ्चािलन गरिएकोमा आगमी वर्ष भित्र कवर्ड हल निर्माण हुने र सो कार्य जिल्लाकै एक नमुना कार्य हुने बस्नेतले थप्नु भयो। भोगोलिक रुपमा सो कार्यक्रम सञ्चाकलन गर्न केही प्राविधिक रुपमा केही कठिनाइ भए पनि सो कठिनाइबाट थप अनुभव लिदै भावि कार्यमा सुधार ल्याउने प्रतिवद्धता बस्नेतले ब्यक्त गर्नु भयो ।

शिवालय गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा सञ्चालित सो प्रतियोगितामा शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख मान बहादुर बस्नेतको सभापतित्व रहेको थियो । प्रतियोगितामा शिवालय गाउँपालिका अध्यक्ष शेर बहादुर शाहीको प्रमख आतिथ्यता रहेको थियो । विशेष अथितिको रुपमा गाउपालिका उपाध्यक्ष गिता साही रहनुभएको थियो । शिवालय गाउँपालिका पुर्व अध्यक्ष नरेन्द्र कुमार शाही र पुर्व उपाध्यक्ष कुमारी थापा सहितको उपस्थिति रहेको थियो ।

उद्घाटन कार्यक्रममा बोल्ने सबै बक्ताले शिवालय गाउपालिकाको समवृद्धिको लागि हातोमालो गर्ने प्रतिवद्धता गर्नुभएको थियो । स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने नाराका साथ खेलले युवाहरुलाई अनुशासित र उर्जाशिल बनाउने गाँउपालिका अध्यक्ष शाहीले बताउनुभयो ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya