March 25 - 2023, Saturday११ चैत्र २०७९, शनिबार

भेरीमा चौथो मेयर कप तथा राष्ट्रपति रनिङ्ग शिल्ड शुरु

टुकमाया घर्ती । जाजरकोट

Swasthya sewa karyalaya, jajarkot

भेरी नगरपालिकामा चौथो मेयर कप तथा राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता खंलगाको त्रिभुवन माध्यमिक विद्यालयको प्राङगनमा सुरु भएको छ । विद्यालय स्तरीय खेलकुद कार्यक्रमको प्रमुख अतिथी कर्णाली प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्री श्री जीत बहादुर मल्लले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

विशेष अतिथि जिल्ला समन्वय प्रमुख काली बहादुर खत्री, भेरी नगरपालिका मेयर चन्द्वप्रकाश घती, उपप्रमुख सीता जैसी, प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद जैसी, विभिन्न बिद्यालयका खेल शिक्षक र बिद्यार्थीहरुको सहभागी रहेको थियोे ।

भेरी नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा जिल्ला समन्वय प्रमुख काली बहादुर खत्रीले सफलताको शुभकामना दिएका थिए । कार्यक्रम माघ २२गते देखि२६गते गरि जम्मा ५ दिनसम्म चल्नेछ । खेल तर्फको पहिलो दिनमा ३ हजार मिटर दौडको सञ्चालन गरिएको थियोे जसमा प्रथम स्थान हासिल गर्ने शिव शंकर मा.वि.का कमल भारती , दोस्रो स्थानमा भेरी त्रिवेणी रिम्नाका टोप बहादुर पुन,र तृतीय स्थान ओगट्न सफल शंकर भवन मा. वि. सुमन शाह रहेका थिए ।


छात्रातर्फ सोही विद्यालयकी जानका जैसी शंकर भवन मा.वि.की मनिशा वली द्वितीय र त्रिभुवन मा.वि.कि शितला वलीले तृतीय स्थान ओेगटेकी थिइन् ।त्यसैगरी २सय मिटर दौडमा भगवती माध्यमिक विद्यालयका शिर्षक रोकायले प्रथम स्थान ओगट्न सफल भएका थिए । भने द्वितीय स्थान ओगट्न सफल शिव शंकर मा.वि.का तिलक भारती हुन् भने तृतीय स्थानमा त्रिभुवन माध्यमिक विद्यालयका अर्जुन वि.क रहेका थिए ।.त्यसैगरि क्रममा प्रथम ,द्वितीय र तृतीय स्थान हासिल गर्ने छात्रातर्फ भेरी त्रिवेणी माध्यमिक विद्यालयकी कोमल विन्दु राना,शिव व्यवसाय माध्यमिक विद्यालयकी सुनिता रेग्मी र शिव शंकर मा.वि.की निर्मला महतरा रहेका छन्।

 

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad