March 25 - 2023, Saturday११ चैत्र २०७९, शनिबार

भेरी नगरपालिकामा शिक्षा ऐन संसोधनको माग गदै ज्ञापनपत्र

राजेन्द्र कार्की । जाजरकोट

Swasthya sewa karyalaya, jajarkot

भेरी नगरपालिकामा शिक्षा ऐन संसोधनको माग गदै शिक्षक महाँसंघले ज्ञापन पत्र बुझाएको छ । नगरपालिकाले पाँच बर्ष अघि बनाएको स्थानिय शिक्षा ऐनका कतिपय बुदाहरु संघिय शिक्षा ऐन सँग बाझिएका र हचुवा भरमा बनाईएको हुँदा ऐन संसोधनका लागि माग गरिएको हो ।

स्थानीय शिक्षा ऐन २०७४ को दफा १६ संसोधन गरि नेपाल शिक्षक महासघको समन्धित स्थानीय समितिको अध्यक्ष वा अध्यक्षले तोकिएको प्रतिनिधि नगर शिक्षा समितिमा पदेन सदस्य रहने नितिगत व्यवस्था गर्नुपर्ने, ऐनको दफा १९ संसोधन गरि विद्यालय व्यवस्थापन समिती सदस्यमा समन्धित विद्यालयमा कार्यरत शिक्षक प्रतिनिधि सदस्य र समन्धित विद्यालयमा गठित वालक्लवको अध्यक्ष वा प्रतिनिधि आमन्त्रित सदस्य रहने नितिगत व्यवस्था गर्नुपर्ने र ऐनको दफा ३१ को उपदफा ३ मा उल्लेख भएको राहत अनुदान कोटामा कार्यरत शिक्षकलाई कार्यसम्पादनको आधारमा ६÷६ महिना म्याद थप्ने व्यवस्था संसोधन गरि संघीय नीति बमोजिम व्यवस्थापन गर्नु पर्ने माग राखि नेपाल शिक्षक महासंघ भेरी नगरसमितिले नगरप्रमुख चन्द्रप्रकाश घर्तीलाई ध्यानाकर्षण पत्र बुझाएको हो । महासंघका अध्यक्ष रुद्रबहादुर वली र सचिव टेकबहादुर थापा द्धारा हस्ताक्षरित ध्यानाकर्षणपत्र बुझ्दै नगरप्रमुख घर्तीले आगामी कार्यपालिकाको बैठकमा पेश गरी उचित माग सम्बोधन गर्ने जानकारी दिएका छन् ।

पेसागत हक हित र समग्र शैक्षिक सुधारको लागि प्रचलित संघीय शिक्षा ऐन २०२८ सग बाझिने खालका यस भेरी नगरपालिका अन्तरगत स्थानीय शिक्षा ऐन २०७४ का केही दफा वा उपदफा संसोधन प्रक्रिया अघि बढाउने प्रयोजनका लागि ध्यानाकर्षण पत्र दिएको अध्यक्ष वलीले बताए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad