पौडी खेल्ने क्रममा भेरीमा डुबेर दुई बालिकाको मृत्यु, बालक बेपत्ता

राजेन्द्र कार्की । जाजरकोट

पौडी खेल्ने क्रममा भेरी नदीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । एक जना बालक नदीमा बेपत्ता भएका छन् । मृत्यु हुनेमा नलगाड नगरपालिका ८ का टेकबहादुर नेपालीका १६ बर्षिया छोरी भगवति नेपाली र सोही ठाँउका सुरेन्द्र कुसारीका १२ बर्षिया छोरी आशा कुसारीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएस्पी बसन्त कुमार शर्माले बताए ।

सुरेन्द्रका १० बर्षिय छोरा महेश कुसारी नदीमा बेपत्ता भएका छन् । डिएस्पी शर्माका अुनसार शुक्रवार मन्मई स्थित भेरी नदीमा पौडी खेल्न गएका उनीहरुलाई नदीले बगाएको थियो । एक जनालाई बगाएपछि बचाउन गएका अरु दुई सहित तीनै जनालाई नदीले बगाएको थियो । उनीहरु नदीमा बगेको थाह पाएपछि स्थानिय र प्रहरीले खोजी गर्दा दुई बालिका बगेको ठाँउ भन्दा केही तल मृत अवस्थामा फेला परेका थिए । भने बालक अझै फेला पर्न नसकेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

bhumi-sanrakshyan
lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya