पत्रकार हत्या र संचारगृहमा भएको आक्रमणको विरोधमा जाजरकोटमा प्रर्दशन

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

पत्रकार सुरेश रजकको हत्या र अन्नपुर्ण मिडिया गृह लगायत विभिन्न संचार गृहमा भएको आक्रमणको विरोधमा आइतबार जाजरकोटमा विरोध प्रर्दशन गरिएको छ ।

नेपाल पत्रकार महासंघ जाजरकोट शाखाको आयोजनामा भएको विरोध कार्यक्रम सदरमुकाम खलंगामा सम्पन्न भएको हो । विरोध कार्यक्रमको विभिन्न पेशागत सामाजिक संघ–संगठनले समेत ऐक्यबद्धता जनाएका छन् ।


उक्त अवसरमा पत्रकारहरु राजेन्द्र कार्की, भीमबहादुर सिंह, सहदेव बस्नेत, विनोद घर्ती, रेशम खड्का लगायतका बक्ताले संलग्नलाई कारबाहीको माग गर्नुका साथै उचित क्षतिपूर्ति दिनुपर्ने बताए । जाजरकोटमा कार्यरत पत्रकारहरूले हातमा कालोपट्टी बाँधेर बिरोध जनाएका छन् ।

 

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad