१२ कक्षाको परीक्षा छैन तयारी, अन्यौलमा सरोकारवाला

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

पर्सी अर्थात आगामी बैशाख ११ देखि संचालन हुने भनिएको कक्षा १२ को परीक्षाको तयारी अहिले सम्म हुन सकेको छैन । नेपाल शिक्षक महासंघको नेतृत्वमा विद्यालय शिक्षा ऐन जारीको माग गदै शिक्षकहरु तीन साता देखि सडक आन्दोलनमा छन् । आफ्ना मागहरु पुरा नभएको भन्दै शिक्षकहरु परीक्षामा सहभागि नहुने भएपछि सरकारले निजामति कर्मचारी प्रयोग गरेर भएपनि परीक्षा संचालन गर्ने निर्णय गरेको छ ।

तर जाजरकोट लगायतका दुर्गम जिल्लामा अहिले सम्म परिक्षाको तयारी हुन सकेको छैन । शिक्षक सहभागि नहुने भएपछि अन्य विकल्पमा छलफल समेत चलाईएको छैन । जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्राँती केन्द्रको निर्णय कुरेर बसेको बताउँछन् । अहिले सम्म कसरी परीक्षा संचालन गर्ने भनेर निर्देशन नआएकाले तयारी नगरिएको उनले बताए । केन्द्रको निर्देशनको प्रतिक्षामा रहेको उनको भनाइ छ । त्यस्तै शिक्षा विकास तथा समन्वय इकाई प्रमुख लक्ष्मी भण्डारीले पनि परीक्षाको कसरी चलाउने स्पष्ट निर्देशन नआएको बताइन । उनले शिक्षक सहभागि नहुँने भएपछि पालिका मार्फत परीक्षा हुन सक्ने तर्फ संकेत गरिन ।

तर पालिकाले पनि यस विषयमा आफुहरु अनभिज्ञ रहेका जनाएका छन् । भेरी नगरपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख अमृतबहादुर पुनले परीक्षा संचालन बारे आफुहरुलाई कुनै जानकारी नभएको बताए । सवै विद्यालय बन्द छन् । तालाचावी सरहरु सँग छ । सहयोगीले समेत असहयोग गरेपछि कसरी परीक्षा संचालन गर्न सकिन्छ उनले भने परीक्षा सार्नुको विकल्प छैन ।

निजामति कर्मचारीहरुको आधिकारीक टे«ड युनियन जाजरकोटका अध्यक्ष वीरबहादुर चन्दले शिक्षकहरुको आन्दोलनमा कर्मचारीहरुको समेत ऐक्यबद्धता भैसकेको अवस्थामा द्धन्द सिर्जना हुने गरि निजामति कर्मचारीहरु परीक्षामा समावेश नहुने स्पष्ट पारे । विहिवार देखि हुने भनिएको कक्षा १२ को परीक्षा दिने विद्यार्थीले विद्यालयहरु बन्द भएकै कारण अहिले सम्म प्रवेशपत्र समेत पाउन सकेका छैनन् । जाजरकोटमा ३६ विद्यालयका १८ परीक्षा केन्द्रमा शिक्षा विकास तथा समन्वय ईकाइले शिक्षकहरुलाई केन्द्राध्यक्ष तोकेको भएपनि उनीहरु सहभागि नहुने भएपछि परीक्षाका सवै कामकाज प्रभावित भएका हुन् । शिक्षकको सहभागिता विना परीक्षा संचालन हुनै नसक्ने विरेन्द्र ऐश्वर्य मावि लिम्साका प्रधानाध्यापक गोरखबहादुर सिंह बताउँछन् । प्रश्नपत्र विद्यालय वा प्रधानाध्यापकको मेलमा आउँछ । डाउनलोड गरेपछि प्रिन्ट वा फोटोकपी गरेर प्रश्नपत्र बाँड्नु पर्छ । यो लगायत धेरै प्राविधिक कुराहरु मिलाउनु पर्छ यस्तो अवस्थामा जर्वजस्ती परीक्षा हुनै नसक्ने उनको भनाई छ ।

 

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad