जाजरकोटमा जीप दुर्घटनाः चालकको मृत्यु, १४ जना घाइते

राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटमा बोलेरो जीप दुर्घटना हुँदा चालकको घटना स्थलमै मृत्यु भएको छ । १४ जना घाइते भएका छन । भेरी नगरपालिका ६ स्थायी घर भएका जीपका चालक ३४ बषिय मोहन वलीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सदरमुकाम खलङ्गा वाट भेरी नगरपालिका ६ भेरे जान लागेको ग १ ज ७७११ नंवरको बोलेरो जीप सोही नगरपालिकाको वडा नं ६ को गंज जङ्गलमा मंगलवार दिउसो दुर्घटना भएको हो । घाइते १४ जनालाई उद्धार गरे जिल्ला अस्पतालमा ल्याइएको छ । घाइतेको उपचार भैरहेको जाजरकोटका प्रहरी प्रमुख डीएसपी पुरुषोत्तम प्रशाद पाण्डेले बताए । घाइते मध्य दुई जनाको अझै होस खुल्न सकेको छैन । यात्रुवाहक बोलेरो जीप भीर वाट खसेको भन्ने खवर आउन साथ उद्धार कार्यको लागि प्रहरी घटनास्थल तर्फ गएको थियो ।


भेरी नगरपालिका ६ बिर बहादुर पुनको छोरी १७ बर्षिया सिता पुन र सोही ठाँउका बर्ष ८० बर्षका कलिमान खत्री गंभिर घाइते भएका छन् । दुवै जनाको होस खुल्न सकेको छैन ।
त्यस्तै सोही ठाँउका २८ बर्षकी सपना बि.क. सार्की, सोही ठाँउकी बर्ष ३५ कि भुमिका शाही, बर्ष १९ कि दुर्गा पुन, बर्ष १९ कि बिन्दु शाही, बर्ष ५५ कि मोति लुहार, बर्ष २८ कि भुमिकला राना घर्ती, उनको चार महिनाको छोरा प्रज्वल घर्ती र बर्ष २१ कि धनसरा खड्का घाइते भएका छन् ।
त्यस्तै सोही ठाँउकी ३६ बर्षिया कल्पना खत्री, बर्ष ३३ कि अस्मिता खत्री, बर्ष ४० कि हिरा सार्की र बर्ष ३१ कि पार्बति उपाध्याय घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पतालमा उपचार भैरहेको छ । ५ जनाको क्षमता भएको गाडीमा क्षमता भन्दा धेरै यात्रु राखेकाका कारण दुघर्टना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

bhumi-sanrakshyan
lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya