पहिरोको जोखिममा रहेका १२ परिवारलाई सारियो सुरक्षित स्थानमा

राजेन्द्र कार्की । जाजरकोट
पहिरोको उच्च जोखिममा रहेका जाजरकोट जुनीचाँदेका १२ घर परिवारका ६५ जनालाई लाई सुरक्षित स्थानमा सारिएको छ ।

जिल्लाको जुनीचाँदे गाउँपालिका–३ स्याँला गाउँका १२ घरपरिवारलाई प्रहरीको सहयोगमा सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । अविरल वर्षाका कारण गाउँको माथिल्लो भिरालो भागबाट पहिरो खस्ने जोखिम बढेकाले ति परिवारलाई सुरक्षित ठाँउमा सारिएको जाजरकोटका प्रहरी प्रमुख डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले बताए ।

उनका अनुसार उनीहरूलाई नजिकैको मग्रा भन्ने खाली ठाउँमा अस्थायी रूपमा त्रिपाल हालेर राखिएको छ । स्थानीय तह र प्रहरीको समन्वयमा घरपरिवारलाई सारिएको डिएसपी पाण्डेले जानकारी दिए । जुनिचाँदे गाउँपालिका ३ स्याला बस्ने सितला टमटा, सरा टमटा , सुनिता चंदरा , झुपा तिरुवा,पुतला टमटा, सर्मिला टमटा , पुतला नेपाली लगायत परिवारका ६५ जना विस्थापित भएका हुन् । प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले तत्काल जोखिम रहेको जानकारीका आधारमा ती घर परिवारहरूलाई सुरक्षित स्थानमा अस्थायी रूपमा व्यवस्थापन गरिएको जानकारी दिए ।

bhumi-sanrakshyan

यस अघि पनि भेरीका वडा नम्बर १ र ३ का दर्जन बढी परिवारलाई सुरक्षित स्थानमा सारिएको थियो । भुकम्पले हल्लाएको जाजरकोटको जमिनमा जतिखेर पनि पहिरो गएर क्षति पुरयाउन सक्ने भन्दै स्थानिय प्रशासनले जोखिममा रहेका बस्तीको अवस्था हेरेर जोखिम हुन नदिन तत्काल सुरक्षित स्थानमा सार्ने रणनिति लिएको छ । ठुलो पानी परेको अवस्थामा धेरै बस्तीहरु बग्न सक्ने भुगर्भविदले चेतावनी दिएका छन् । जाजरकोटमा हाल सम्म बाढी पहिरोमा परि दुई जनाको मृत्यु भएको छ भने दर्जन बढी घाइते भएका छन् ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya